" जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ ”
२०८१-०२-०३
- A
- A-
- A+
मिति २०८०।०५।२९ गते
का.जि.का.म.न.पा. वडा नं. १४ कलंकी स्थित रहेको लोमस गेष्ट हाउस भित्र परिवर्तित
नाम २६ वृत कालिमाटी ०८०/०८१(३) लाई पटक पटक जबरजस्ती करणी गरेको मुद्दामा वारदात
पश्चात फरार रहेका प्रतिवादी सौरभ झालाई का.जि.का.म.न.पा. वडा नं.१३ बाफल र साजन अधिकारीलाई
का.जि.का.म.न.पा. वडा नं.२६ ठमेलबाट यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले पक्राउ
गरी आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालीमाटी पठाईएको ।
साथै प्रतिवादी साजन अधिकारी
जिल्ला प्रहरी कार्यालय धादिङबाट मिति २०८०।०९।०४ गतेको ज्यान मार्ने उद्योग
मुद्दामा समेत फरार रहेको खुल्न आएको ।
पक्राउ परेका ब्यक्तिहरु:
नाम थर : सौरभ झा
उमेर: २० बर्ष
स्थायी वतन: जिल्ला महोत्तरी पिपरा
गा.पा. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १४ कलंकी
नाम:- साजन अधिकारी
उमेर:- २२ बर्ष
स्थायी वतन: जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध
न.पा. ९ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१३ बाफल