“ बैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०२-०३
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई बैदेशिक
रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात देश
नपठाई निजहरु सम्पर्क बिहिन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा
बिदेश पठाउने भनी ठगी गरेका निम्न
व्यक्तिहरुलाई काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति २०८१।०२।०३ गते पक्राउ
गरी थप अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- दिलिप कुमार पाण्डे
उमेर :- ३१ वर्ष
वतन :- जिल्ला अर्घाखाँची सन्धीखर्क न.पा. वडा न. ०७
घर भई हाल जिल्ला काठमाण्डौ डिल्लीबजार ।
देश :- पोल्याण्ड
बिगो रकम :- रु. ३,७५,०००।–(अक्षेरुपी तीन लाख पचास हजार
रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्चर ।
पीडित संख्या :- १ जना
छोटकरी बिवरण :- Orange Education Consultancy को संचालक दिलिप कुमार पाण्डेले पोल्याण्ड पठाइदिन्छु त्यसको लागी लागत रु. ७ लाख लाग्छ आकर्षक तलब हुन्छ भनी Fake Work Permit र Offer letter समेत देखाई प्रलोभनमा पारी रकम लिई सम्पर्क बिहिन भई ठगी गरेको ।
२.
नाम
थर :-
रामेश्वर काप्री
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला
गोरखा शहिद लखन गा.पा. वडा नं.०९ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.२६सामाखुशी ।
देश :- कतार
बिगो रकम :- रु. १,००,०००।–( अक्षेरुपी एक लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०६
बौद्ध ।
पीडित संख्या :- १ जना
छोटकरी बिवरण :- कतार पठाइदिन्छु भनी ठगी गरको