“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०२-०३
- A
- A-
- A+
घटना विवरण :
बैंकिङ कसुर
मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७९।०७।०४ गतेको फैसलाले रु ७,००,०००।–(अक्षरुपी सात लाख मात्र) जरिवाना, ३
दिन कैद र रु २८,०००।–(अक्षरुपी अठ्ठाईस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने
गरी फैसला भई फरार रहेका जिल्ला सर्लाही
ईश्वरपुर न.पा. वडा नं.१२ स्थायी घर भएको वर्ष
४१ को अजय कुमार चौधरीलाई यस काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।०३ गते अं. ११:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा
नं.३१ गैह्रीगाँउबाट पक्राउ गरी फैसला
कार्यान्वयनको लागि आज मिति २०८१।०२।०३ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम:- अजय कुमार चौधरी
उमेर:- ४१
वर्ष
वतन:- जिल्ला सर्लाही ईश्वरपुर न.पा.वडा नं.१२
मितिः-२०८१।०२।०३ गते ।
ने.स.११४४
वछलाथ्व,८ विहिबार ।