प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ चोरीमा संलग्न व्यक्तिहरु पक्राउ ”

२०८१-०२-०४

  • A
  • A-
  • A+
Share

घटना विवरण :

 

       मिति २०८१/०१/०७ गतेदेखि २०८१।०१।०९ गतेको  बिचमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित नवराज गुरुङ्गको घरमा कोही नभएको समयमा अपरिचित व्यक्तिले सुन-चाँदीका गर-गहनाहरु, नगद तथा आईफोन लगायतका धनमालहरु चोरी भएको घट्नाको सम्बन्धमा अनुसन्धान गर्दा जिल्ला रामेछाप  दोरम्बा गाउँपालिका वडा नं. ४ गौसरा स्थायी वतन भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १५ खुमल्टार बस्ने बर्ष ३७ को कमल थापा मगर र ऐ.ऐ. बस्ने बर्ष ३५ धनलाल थापामगर समेतको संलग्नता रहेको भनि खुल्न आएकोमा  यस कार्यालयबाट खटीएको टोलीले मिति २०८१/०२/०३ गते बरामद दशी सहित ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १६ भैसेपाटीबाट धनलाल थापा मगर लाई  र  जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा न ४ गौसराबाट कमल थापा मगरलाई पक्राउ गरी  थप अनुसन्धान गर्दा  चोरीभएका  धनमाल  खरिद  गर्ने सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ६ बतासे स्थायी वतन भई काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन बस्ने बर्ष अन्दाजी २८ को सुवास सुनार र  सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ५ शिखरपुर स्थायी वतन भई काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित सुन-चाँदी पसल संचालन  गरी बस्ने बर्ष अन्दाजी ४१ को रेशम बि.क.लाई पक्राउ गरी बरामद सामानहरु सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको

       चोरी भएका मध्ये आईफोन मोबाईल किनबेच गर्ने काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ३ स्थायी वतन भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २२ न्यूरोड ताम्राकार कम्पलेक्स स्थित CELL PHONE RESCUE CENTER का संचालक बर्ष ४१ को योगेश डाँगी र सप्तरी जिल्ला सुरुगा  न.पा. वडा नं. २ स्थायी वतन भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ कलंकी बस्ने बर्ष २२ मोहम्मद समिर लाई समेत अनुसन्धान कार्य भई रहेको ।

    

पक्राउ परेका व्यक्ति :

१. नामः कमल थापामगर

उमेरः ३७ वर्ष

स्थायी ठेगानाः रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नं. ४ गौसरा

अस्थायी ठेगानाः ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १५  खुमल्टार

पक्राउ मितिः- २०८१/०२/०३ गते ।

पक्राउ स्थानः- जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ४ गौसरा

२. नामः धनलाल थापामगर

उमेरः ३५ वर्ष

स्थायी ठेगानाः जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ४ गौसरा

अस्थायी ठेगानाः ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १६ भैसेपाटी सैबु

पक्राउ मितिः- २०८१/०२/०३ गते ।

पक्राउ स्थानः- ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १६ भैसेपाटी

 

३. नामः सुवास सुनार

उमेरः २८ वर्ष

स्थायी ठेगानाः सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ६ बतासे

अस्थायी ठेगानाः काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन

पक्राउ मितिः- २०८१/०२/०३ गते ।

पक्राउ स्थानः- काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन

 

 ४. नामः रेशम बि.क.

उमेरः ४१  वर्ष

स्थायी ठेगानाः

अस्थायी ठेगानाः काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी

पक्राउ मितिः- २०८१/०२/०३ गते ।

पक्राउ स्थानः- जिल्ला ललितपुर गोदाबरी नगरपालीका वडा नं. ०६ फैडोल

 

५. नामः –योगेश डाँगी

उमेरः ४१  वर्ष

स्थायी ठेगानाः काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ३

अस्थायी ठेगानाः काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २२ न्यूरोड

 

 ६. नामः – मोहम्मद समिर

  उमेरः २२  वर्ष

  स्थायी ठेगानाः जिल्ला सप्तरी जिल्ला सुरुगा  न.पा. वडा नं. २

अस्थायी ठेगानाः काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ कलंकी

  बरामद भएका सामानहरुको विवरणः-

Ø सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान-१

Ø रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान-१

Ø बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान-२

Ø बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान-५

Ø बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान -४

Ø बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान -४

Ø रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-१

Ø रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान-१

Ø रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-१

Ø सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान-३

Ø सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-२

Ø सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान-२

Ø सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान-४

Ø सुन जस्तो देखिने पहेलो धातुको टप थान-२

Ø सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान-२

Ø चाँदी जस्तो देखिने पातलो पत्ता थान-३

Ø बिभिन्न दरका नेपाली नोटहरु गरी जम्मा नेपाली रुपैया २४,४२०

Ø REDMI कम्पनिको REDMI 12 स्क्रिन टच मोबाईल थान-१

सम्बन्धित समाचार
“कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१२-१७

मिति २०८१।१२।१५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरे पश्चात लुटपाटमा संलग्न भई फरार भएका निम्न व्यक्तिहरुलाई खोजतलास गरी काठमाण्डौं जिल्लाका विभिन्न स्थानहरुबाट मिति २०८१।१२।१६ र  ऐ. १७ गते सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको ।पक्राउ परेका  व्यक्तिहरू :- १.नाम :- आशिष सिंह                                                                                                       ठेगाना :-जि. धनुषा मिथिला न.पा. वडा नं ६ ढल्केवर  हाल :-  का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वरबरामद सामान:-    Black Label  मदिरा थान-१ (1ltr )                         Jack Daniels मदिरा थान-२ (2ltr)                       २. नाम :- प्रेम कुमार महत्तो                                                                                          ठेगाना :- जि. सर्लाही बरथहवा न.पा. वडा नं. १६हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर नरेफाँट  बरामद सामान:-  वियरको खाली बोतल थान -४३. नाम :- रवि रञ्जन कुमार                                                                                         ठेगाना :- भारत देश बिहार राज्य पटना हाजिपुर हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर नरेफाँट   बरामद सामान:-  Yarchagumba Brand को  मदिरा थान -१                                                ( 750ml)४. नाम :- सुशिला कुमाल                                                                                           ठेगाना :- जि. नुवाकोट विदुर न.पा. वडा नं.६हाल :- का.जि.का.म.न.पा वडा नं. ३२ कोटेश्वर बरामद सामान:-  ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर५. नाम :- एलिसा राई                                                                                                 ठेगाना :- सुनसरी, धरान हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर बरामद सामान:-  १ थान ट्रे, १ थान क्यारेट६. नाम :- बालकुमारी कार्की                                                                                       ठेगाना :-का.जि.का.म.न.पा. वडा नं.३२ कोटेश्वर नरेफाँटहाल :- का.जि.का.म.न.पा. वडा नं.३२ कोटेश्वर नरेफाँट बरामद सामान:-  १ थान क्यारेट७. नाम :- निर्मला कार्की                                                                                             ठेगाना :- जि. सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ८ हाल :- का. जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वर नरेफाँटबरामद सामान:- फलफुल८. नाम :- चित्र माया बस्नेत                                                                                         ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा. वडा नं.७ लाम्पन्टार हाल :- का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर नरेफाँट९. नाम :- सुस्मिता बराल                                                                                     ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा. वडा नं.१६ हाल :- का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर नरेफाँटबरामद सामान:-  लिपस्टिक थान- ६९, ऐना थान- १, गाजल थान- २१,                        अन्य सामान थान- १२ (चित्र माया बस्नेत र सुस्मिता बरालको साथबाट बरामद)                       

“वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    आशा परियारउमेर                :-    ५७ वर्ष      स्थायी वतन      :-    जिल्ला झापा बिर्तामोड न.पा. वडा नं.४ । हाल                :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।   बिगो रकम        :-    रु. २,००,०००।- (दुई लाख) देश                 :-    बुल्गेरियापक्राउ मिति      :-    २०८१।१२।१४ गते ।पक्राउ स्थान      :-    जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।  पीडित संख्या    :-    २ जना   

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-१३

ईन्दिरा खड्का लगायतका व्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिराज तामाङ भएको बैकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, ककनी गा.पा वडा न.०४ घर भई हाल का.जि. नागार्जुन न.पा. वडा न. ०६ रामकोट बस्ने वर्ष ३६ को बिराज तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१० नयाँबानेश्‍वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज पठाईएको ।            साथै, पक्राउ प्रतिवादी बिराज तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी :नाम : बिराज तामाङउमेर : ३६ बर्षठेगाना : जि. नुवाकोट, ककनी गा.पा वडा न. ४हाल : का.जि. नागार्जुन न.पा. वडा न. ०६ विगो रकम : रू.१,४६,४४,०००।- (एक करोड छयालिस लाख चौवालिस हजार)

“ वैदेशिक रोजगारीको लागि यु.ए.इ पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१२-१२

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला काठमाण्डौँ म.न.पा. वडा नं.०४, सुकेधारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्ति:-१.  नाम थर           :-    सुवास थापाउमेर                :-    ४१ वर्ष      वतन                :-   जिल्ला काठमाण्डौं चन्द्रगिरी न.पा. वडा नं.०६ ।बिगो रकम        :-    रु. १,२०,०००।- (एक लाख बिस हजार ) देश                 :-    यु.ए.इपक्राउ मिति      :-    २०८१।१२।११ गते ।पक्राउ स्थान      :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।  पीडित संख्या    :-    १ जना   

" कुटपिट गरी हत्या गर्ने व्यक्तिहरु पक्राउ "
२०८१-१२-१२

मिती २०८१/११/२६ गते राती अं. ११:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेश स्थित पाटीमा सुतिरहेका वर्ष ३२ को लक्ष्मण खड्कालाई कुटपिट गरी सख्त् घाईते बनाएकोमा उपचारको लागि मध्यपुर ठिमी स्थित कोरियन अस्पतालमा लगिएको र उक्त अस्पतालले थप उपचारको लागि मिती २०८१/११/२७ गते राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ रेफर गरी पठाएकोमा ऐ. मितिमा उपचारको क्रममा निजको मृत्यु भएको घटनामा संलग्न व्याक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१/१२/१० गते बर्ष ३८ को खैरे भन्ने यादव पौडेल र बर्ष २६ को अनिष  तामाङलाई  यस कार्यालयवाट खटीएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  । पक्राउ व्यक्ति १.    नाम :-  खैरे भन्ने यादव पौडेल ।उमेर :-   बर्ष ३८वतन :- जिल्ला सर्लाही लालबन्दी नगरपलिका वडा नं. ९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६२.    नाम :- अनिष  तामाङ        उमेर:- बर्ष २६       वतन :- जिल्ला सिन्धुली  तिन पाटन गाऊँ पालिका वडा नं. ११ चकमके घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहारा नगरपालिका वडा नं. ४  ब्रह्मखेल

" हत्या गरी फरार रहेका व्यक्ति पक्राउ "
२०८१-१२-१२

मिति २०८१/१२/१० गते अं. ०६:३० बजेको समयमा जिल्ला खोटाङ कपिलासगढी गा.पा. वडा नं. -२ बाक्सिला घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे वस्ने  बर्ष ६५ को ओम प्रकाश राईलाई कर्तब्य गरी मारेको घटनामा वारदात पश्चात फरार रहेका जिल्ला रोल्पा, परिवर्तन गा.पा. वडा नं. -३ ईरिवाङ घर भई हाल जिल्ला काठमाण्डौं कागेश्वरी नगरपालिका वडा नं. ६ मुलपानी पाटिटार बस्ने   वर्ष ५७  को हिमाल बुढामगरलाई जिल्ला काठमाण्डौ कागेश्‍वरी मनोहरा न. पा.-६ मुलपानी एरियाबाट विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१/१२/११ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त ठिमी पठाईएको  ।पक्राउ व्यक्ति नाम :-  हिमाल बुढामगर उमेर :-  ५७ बर्षवतन :- जिल्ला रोल्पा परिवर्तन गा.पा. वडा नं. – ३  ईरिवाङ ।