“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०२-०६
- A
- A-
- A+
अनमोल
अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पिदम बहादुर बोम्जनको छोरी
शुक्रराज तामाङको श्रीमती जिल्ला दोलखा बैतेश्वर गा.पा. १ स्थाई वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ४ बस्ने बर्ष ३७ की सिता बोम्जन
तमाङ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित भक्तपुर
जिल्ला अदालत, भक्तपुरबाट मिति २०८१।०१।०७ गते पक्राउ अनुमति प्राप्त भएका निज
प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०४
गते अं १२;०० बजे काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा ०५ गणेश चोक स्थितबाट
पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः सिता बोम्जन तामाङ ।
उमेर : ३७ वर्ष
ठेगानाः जिल्ला दोलखा बैतेश्वर गा.पा. १ स्थाई वतन भई
हाल काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ४ बस्ने ।