“किर्ते जालसाजी मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०२-०६
- A
- A-
- A+
श्याम कृष्ण श्रेष्ठको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. १० घर भई बस्ने शुभ नारायण
सिंहको छोरा बर्ष ५० को अशोक सिंह भएको किर्ते जालसाजी मुद्धामा( लागत नं. १३७९४)
निज प्रतिवादी अशोक सिंहलाई जरिवाना १५,४१२.५०/- भराउने भनि मिति २०७०।०१।२५ गते
सम्मानित काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंबाट फैसला भई फरार रहेका प्रतिवादी अशोक सिंहलाई यस कार्यालयबाट
खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०३ गतेको
दिन अन्दाजी १४;०० बजेको समयमा काठमाण्डौं
जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं १३ कालिमाटी स्थितबाट पक्राउ गरी मिति २०८१।०२।०४ गते फैसला कार्यान्वयनको लागि सम्मानित
काठमाण्डौं जिल्ला अदालत बबरमहल काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः अशोक सिंह ।
उमेर : ५० वर्ष
ठेगानाः जिल्ला
काठमाण्डौ बुढानिलकण्ठ न.पा. १० स्थायी वतन भई ऐ.ऐ. बस्ने ।