“कुटपिट अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८१-०२-०७
- A
- A-
- A+
मिति २०८०।११।१७ गते का.जि.का.म.न.पा.वडा नं.३२
कोटेश्वर स्थित KLC क्लव अगाडी
राजन बरूवाललाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात फरार रहेका निम्न
प्रतिवादीहरू ललितपुर जिल्लाको विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचानाको आधारमा
यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।०६ गते जिल्ला ललितपुर ललितपुर
म.न.पा.वडा नं.१४ महालक्ष्मिस्थानबाट घटनामा संलग्न प्रतिवादि जिल्ला काभ्रेपलाञ्चोक, रोशी गा.पा.वडा
नं.०४ बस्ने वर्ष २६ को मिलन तामाङ समेत २ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, नयाँबानेश्वर पठाईएको ।
पक्राउ प्रतिवादीहरु :
१. नाम : मिलन तामाङ
उमेर : २६ बर्ष
ठेगाना : रोशी
गा.पा.वडा नं.०४, काभ्रेपलाञ्चोक
हाल : ईमाडोल, ललितपुर
२. नाम : विजय लामा
उमेर : २८ बर्ष
ठेगाना : तेमाल
गा.पा.वडा नं.०७, काभ्रेपलाञ्चोक
हाल : सल्लाघारी, भक्तपुर
अनुसन्धानबाट खुल्न आएका तथ्यहरूः
·
निज प्रतिवादी मिलन तामाङलाई मिति २०७३।११।१० गते जिल्ला
प्रहरी परिसर, ललितपुरबाट जुवा सम्बन्धी कसुरमा कारवाही भएको ।
·
निज प्रतिवादी मिलन तामाङलाई मिति २०७४।०९।०२ गते प्रहरी
वृत्त, नयाँवानेश्वरबाट ज्यान मार्ने उद्योग कसुरमा कारवाही भएको ।
·
निज प्रतिवादी मिलन तामाङलाई मिति २०७६।०१।११ गते प्रहरी
वृत्त, महाराजगंजबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा कारवाही भएको ।
·
निज प्रतिवादी मिलन तामाङलाई मिति २०७७।१०।१४ गते प्रहरी
वृत्त, गौशालाबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा कारवाही भएको ।
·
निज प्रतिवादी मिलन तामाङलाई मिति २०७७।१०।१८ गते प्रहरी
वृत्त, गौशालाबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा कारवाही भएको ।