"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-०८
- A
- A-
- A+
घटना विवरण :
सामाजिक संजाल Facebook मार्फत Online Market place मा Aza
Zel, La Ma नामक आईडिहरुबाट सामान Order गरी
ग्राहकहरुसँग बार्गेनिङ गरी सुरुमा सामान चेकजाँच गरी परिवारलाई सामान देखाई रकम
लिएर आउछु भनि Macbook Air, Samsung S24 Ultra र DSLR क्यामेरा समेतका सामानहरुको जम्मा रु. ७,९९,०००।–मुल्य
बराबरको सामानहरु लिई फरार भएको घटना सम्वन्धमा उक्त ठगी कार्यमा संलग्न
रहेका पासाङ भन्ने सोनम तामाङलाई यस कार्यालयबाट खटिएको
टोलीले मिति २०८१।०२।०७ गते जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा.वडा नं.१३ चुनिखेलबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी
कसुरमा आवश्यक कारबाहीको लागी प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- पासाङ
भन्ने सोनम तामाङ
उमेरः- ३६ वर्ष
ठेगानाः- जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा.वडा नं. १ स्थायी वतन भई
हाल का.जि.बुढानिलकण्ठ न.पा.वडा नं. १३ चुनिखेल ।