प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

घटना विवरण :-

बेरोजगार युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहिन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने  भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौंको विभिन्न स्थानहरुबाट मिति २०८१।०२।०७ पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।

पक्राउ व्यक्तिहरु:-

१.       नाम थर  :-   बिशाल हमाल

उमेर       :-   ३६ वर्ष     

वतन :- जिल्ला कैलाली भजनी गा.पा. वडा नं. ०१ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०१।

          देश      :-  अमेरीका

बिगो रकम :- रु. १६,७०,०००।–(अक्षेरुपी सोह्र लाख सत्तरी हजार रुपैयाँ )

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ लाजिम्पाट ।

पीडित संख्या :- २ जना

अनुसन्धान पश्चात खुल्न आएका कुराहरु :-  :- निज बिशाल हमाल यु.के. बाट नेपाल फर्कीएर विदेश जाने युवायुवतीहरुलाई प्रलोभनमा पारी अमेरीका पठाउने भनी एजेन्टको रुपमा रकम उठाई ठगी गर्ने गरेको ।

२.       नाम थर  :-   प्रशान्त  पण्डित

उमेर       :-   ३१ वर्ष     

वतन  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०७ चाबहिल  ।

देश      :- अष्ट्रेलिया

बिगो रकम :- रु.८,००,००० ।- (अक्षेरुपी आठ लाख रुपैयाँ )

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ बागबजार  ।

पीडित संख्या :- १ जना

अनुसन्धान पश्चात खुल्न आएका कुराहरु :-  प्रशान्त पण्डितले जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०७ चाबहिलमा बिगत २ वर्ष देखी AI Academy नामको कन्सलटेन्सी दर्ता गरी जापानमा रहेको एकजना साथी मार्फत अष्ट्रेलिया पठाउने भनी रकम लिई ठगी गरेको ।

३.            नाम थर  :- सैलेश कुमार झा

उमेर      :-   ४५ वर्ष      

वतन     :-  जिल्ला सप्तरी कोईलाली गा.पा. वडा नं.०३ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ तिनकुने   ।

देश      :-यु.के.

बिगो रकम :- ५,४०,०००।– ( अक्षेरुपी पाच लाख चालीस हजार रुपैयाँ ) 

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ तिनकुने   ।

पीडित संख्या :- १ जना

घटनाको छोटकरी विवरण :- यु.के. पठाईदिन्छु भनी आफ्नो खातामा रकम राख्न लगाई सम्पर्क बिहीन भई ठगी गरेको ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-३०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-      १.  नाम थर  :- बालेश्वर  महतोउमेर    :-   ३८ वर्ष      वतन   :- जिल्ला  सुनसरी भोक्राहा नर्सिङ गा.पा. वडा नं. ०१ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ गौशाला ।बिगो रकम  :- रु.  २,००,०००।– ( दुई लाख ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ गौशाला ।पक्राउ मिति :- २०८१।०६।३० गते । पिडित संख्या  :- १ जना   

“चाड पर्वको मौका छोपी घर चोरी गर्ने व्यक्तिहरू पक्राउ”
२०८१-०६-२४

मिति २०८१।०६।२२ गते दिनको अन्दाजी १४:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३२ पेप्सीकोला स्थित अन्जली ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चाइनिज नागरिक बर्ष ५७ की   LUO JIA LIAN को डेरा कोठाको ताला फोडी नगद राखिएको फलामको सेफ  (लकर )  मा राखिऐको नगद रू १९,००,०००/- ( उन्नाईस लाख ) तथा सि.सि. क्यामेराको हार्डड्राईभ (DVR) समेतका  धनमाल चोरी गरेको घटनाको अनुसन्धान  गर्ने कम्रमा  उक्त घटनामा संलग्न  मनिष सापकोटा सहितका निम्न मानिसहरुलाई मिति २०८१/०६/२४ गते काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत बानेश्बर काठमाडौँ पठाइएको ।पक्राउ प्रतिवादीहरू :- १. नाम :- मनिष सापकोटाउमेर :- २८ वर्षठेगाना :- जिल्ला नुवाकोट मेघाङ गा.पा. वडा नं. ०५ टक्सारहाल :- का.जि. टोखा न.पा. वडा न ७ धापासी २. नाम :- धनेष लामाउमेर :- २७ वर्षठेगाना :- जिल्ला काभ्रेपलाञ्चोक पाचखाल न.पा. वडा नं. १३ चोकपाटीहाल :- का.जि. बालाजु हिलेटोल, गुम्वा३. नाम :- डियुक  सापकोटाउमेर :- २८ वर्षठेगाना :- जिल्ला नुवाकोट मेगाङ गा.पा. वडा नं. ०५ टक्सार हाल :- का.जि. बालाजु हिलेटोल, गुम्वा४. नाम :- श्रीमाया तामाङ्उमेर :- २६ वर्षठेगाना :- जिल्ला नुवाकोट मेघाङ  गा.पा. वडा नं. ०५ टक्सारहाल :- का.जि. बालाजु हिलेटोल ,गुम्वा बरामद सामानहरु :-                                                                                                         १.      नगद रकम रु १६,४९,७४० (सोह्रलाख  उनन्चास हजार सात सय चालिस )२.     चोरी गरेको फलामको सेफ ( लकर) थान १३.     चोरी गरेको रकम बाट बाडफाड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ NS 200 मो.सा. थान १ ४.     पक्राउ गरिएका व्यक्तिहरुले प्रयोग गर्ने मोवाईल थान ६

“नावालिगहरूलाई मनोरञ्जनस्थलमा प्रवेश गराउने व्यक्तिहरू पक्राउ”
२०८१-०६-२२

काठमाण्डौको ठमेल एरियामा रहेका डान्सबार, क्लब लगायतका मनोरन्जन स्थानहरुमा उमेर नपुगेका वालवालिकाहरुलाई प्रवेश तथा काममा लगाईरहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले उमेर नपुगेका बालबालिकाहरुलाई रात्रिकालिन मनोरञ्जनस्थलमा प्रवेश गराएको अवस्थामा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. १६ ठमेल स्थित SENATE CLUB र FIRE DISCO THEQUE CLUB का प्रवेश दिने कार्यमा जिम्मेवार निम्न व्यक्तिहरूलाई बालबालिका सम्वन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।साथै, उल्लेखित स्थानहरूबाट उद्धार गरिएका नावालिगहरूलाई अभिभावकको जिम्मा लगाई पठाईएको ।  पक्राउ व्यक्तिहरूः१.      नाम: सनिप महर्जन        उमेरः ३१ वर्षठेगाना :  जिल्ला ललितपुर, ललितपुर म. न.पा वडा नं.२४ धापाखेल इ२.     नामः सन्देश थापाउमेरः २९ वर्षठेगानाः जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा वडा नं.४ भैरबस्थानहालः जिल्ला ललितपुर ढोलाहिटी 

“आपराधिक लाभ (एक्सटर्सन) लिने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०६-२२

आपराधिक लाभ लिने उद्देश्यसहित योजनावद्ध तवरले डर त्रास देखाई रकम माग गरेको भन्ने जाहेरीको आधारमा यस कार्यालयबाट अनुसन्धान गर्न खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न ‌अश्विन दानीलाई पीडितसंग लिएको रकम सहित मिति २०८१।०६।२२ गते काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. ७ कपनबाट पक्राउ गरी आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।साथै, निज प्रतिवादी अश्विन दानीलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट चन्द्र बहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको ।  पक्राउ व्यक्तिः१.      नाम: ‌अश्विन दानी ठेगाना : जि.गोरखा, गोरखा न.पा.वडा नं.०३ हाल :  का.जि.बुढानिलकण्ठ न.पा.वडा नं.१२ कपन                                                                       

“श्रीमतीको हत्या गरी फरार भएका ब्यक्ति पक्राउ"
२०८१-०६-२१

मिति २०८१/०१/१९ गते जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. ७ घर भई का.जि. दक्षिणकाली न.पा. वडा नं.- ६ बस्ने वर्ष ४५ की डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत्यू भएको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मृतकका आफ्नै श्रीमान् जित बहादुर भन्ने काले तामाङले कुटपिट गरी कर्तब्य गरी मारेको र निज प्रतिवादी वारदात मिति देखी नै फरार भई उपत्यकाका बिभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा जित बहादुर भन्ने काले तामाङलाई मिति २०८१/०६/२० गते काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं.-१० छालिङबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागी प्रहरी वृत्त किर्तिपुर पठाईएको ।  पक्राउ ब्यक्ति नाम :-  जित बहादुर भन्ने काले तामाङउमेर :-  ६० वर्ष वतन :- जिल्ला नुवाकोट दुप्चेश्रर गा.पा. ७ 

“वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-२१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै २ जना पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ शंखमुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- पारस कार्की उमेर    :-   २८ वर्ष      वतन   :- जिल्ला  मकवानपुर हेटौंडा उप.म.न.पा.  वडा नं. २४ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ शंखमुल ।बिगो रकम  :- रु.  २,२५,०००।– ( दुई लाख पच्चिस हजार) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ शंखमुल ।पक्राउ मिति :- २०८१।०६।२० गते ।          पीडित संख्या  :- २ जना