"अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-१३
- A
- A-
- A+
सामाजिक संजाल Faceboook, telegram, लगायतका Apps
हरुको माध्यमबाट साथी बनाई कुराकानी गरी अनलाईनमा लगानी गरेमा
दोब्बर हुन्छ भनि प्रलोभन देखाई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा
रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा रु. 2,16,000।- रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेका
निम्न व्यक्तिलाई का.जि बानेश्वरबाट मिति २०८१।०२। ११ गते पक्राउ गरी निजलाई ठगी
सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं
पठाईएको ।
पक्राउ परेका व्यक्ति:
१. नाम थर: विज्ञान घर्तीमगर
उमेर:
१९ बर्ष
स्थायी
ठेगाना: जिल्ला रोल्पा माडी गा।पा वडा नं. ६
अस्थायी ठेगाना: जिल्ला काठमाण्डौं कोटेश्वर बस्ने ।
अनुसन्धानको
क्रममा खुल्न आएका कुरा:
Ø विज्ञान घर्तीमगरको साथमा रहेको IMEI No : 350020921164632/350108671164637 Galaxy A04e Device मोबाईल सेटमा Binance App Installation गरी ID Create गरेर Approx Total Volume
7.15791838 BTC ( ने.रु
१,५१,७५,०७४।– (अक्षरुपी एक करोड एकाउन्न लाख पछहत्तर हजार चौहत्तर) कारोबार
गरेको खुल्न आएको ।