“ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८१-०२-१८
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालीका वडा नं. ०६ स्थायी वतन
भई हाल काठमाण्डौं जिल्ला तार्केश्वर नगरपालिका वडा नं. ०९ फुटुङ बस्ने रेशम
बहादुर तामाङको छोरा वर्ष ४१ को हर्कमान तामाङ भएको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति
२०८०/०२/०८ गते भएको फैसला अनुसार रु.६,८०,०००/- (छ लाख असी हजार) जरिवाना , २ (दुई)
दिन कैद र रु.२७,२००/-(सत्ताईस हजार दुई सय) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला
भई हालसम्म फरार रहँदै आएकोमा निजलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति
२०८१/०२/१७ गते बिहान अन्दाजी ९:३० बजेको समयमा ललितपुर जिल्ला ललितपुर
महानगरपालीका वडा नं. १५ महालक्ष्मीस्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागी ललितपुर
जिल्ला अदालत लगनखेल, ललितपुर पठाईएको ।
पक्राउ
प्रतिवादीः-
नामः-
हर्कमान तामाङ
उमेरः-
४१ वर्ष
स्थायी
ठेगानाः- नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालीका वडा नं. ०६
हालको
ठेगानाः- काठमाण्डौं जिल्ला तार्केश्वर न.पा. वडा नं. ०९ फुटुङ
पक्राउ मितिः- २०८१/०२/१७ गते ।
पक्राउ स्थानः- ललितपुर जिल्ला ललितपुर महानगरपालीका वडा नं. १५ महालक्ष्मीस्थान