"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-२०
- A
- A-
- A+
सामाजिक
संजाल Facebook, WhatsApp, Instagram, Viber लगायत
App मा सम्पर्क गरी iPhone, घडी, लेडिज
ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि विश्वास दिलाई
कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा रु १६,६२,०००।- (
सोह्र लाख बैसठ्ठी हजार मात्र) पठाउन लगाई ठगी गरेकोले उक्त ठगी कार्यमा
संलग्न रहेको विरबल घर्ती मगरलाई मिति २०८१।०२।१८ गते जिल्ला काठमाण्डौं बानेश्वरबाट
पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर
टेकु, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- विरबल घर्ती मगर
उमेरः- २१ वर्ष
ठेगानाः- जिल्ला दाङ घोरही
उ.म.न.पा वडा नं. ९ घर भई हाल काठमाण्डौं मित्रनगर बस्ने ।