“साउदी रियल देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०२-२१
- A
- A-
- A+
मिति २०८१/०२/१६ गते जिल्ला रामेछाप दोरम्बा
गा.पा.वडा नं. ७ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं. ५ हरियालिनगर
बस्ने बर्ष ५८ की चन्दरी तामाङ समेतका मानिसहरुलाई साउदि
रियल देखाई फाईदा हुने प्रलोभनमा पारि निजहरुको साथमा भएको सुनका बिभिन्न गरगहना
तथा नगद समेत गरी जम्मा रू. १४,२१,५००/- ( अक्षरुपि चौध लाख एक्काईस हजार पाँच
सय ) लिई ठगी गरी फरार रहेका घटनाहरुको अनुसन्धानको सिलसिलामा जिल्ला सिन्धुली
दुधौली नगरपालिका वडा नं १२ जिनाखु बस्ने
बर्ष ३५ को दिपक तामाङ समेतका व्यक्तिहरुको संलग्नता रहेको भन्ने बुझिन
आएकोले निजहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय PRCB भक्तपुर र PCCB वौद्धको संयुक्त प्रहरी टोलीले मिति
२०८१/०२/१८ गते साझको १७:०० बजेको समयमा का.जि. गोकर्णेश्वर नारायणटार बाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत वौद्ध पठाईएको ।
पक्राउ
प्रतिवादीहरु :-
१.नामः- दिपक तामाङ
उमेरः-३५
वर्ष
ठेगानाः-
जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं १२ जिनाखु
२.नाम:- टेक बहादुर
घिसिङ
उमेरः
४९ वर्ष
ठेगानाः-
जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं १२ जिनाखु
३. नामः- निर बहादुर
तामाङ
उमेरः-३६
वर्ष
ठेगानाः-
जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं १२ जिनाखु
निजहरु
संलग्न रहेका घटनाहरु :-
१. मिति २०८०/०४/१० गते जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.वडा नं. ३ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा.वडा नं. ६ नयाँबस्ती बस्ने वर्ष ३५ की फुलमाया तामाङलाई साउदी रियाल देखाई साथमा रहेको सुनको विभिन्न गरगहना समेत गरी जम्मा रु.४,८५,०००/- ठगी गरेको ।
२. मिति २०८०/०४/१५ गते जिल्ला रामेछाप साविक गुप्तेश्वर गा.वि.स.वडा नं. ६ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा.वडा नं. ३८ की सरमाया तामाङलाई साउदी रियाल देखाई सुनका विभिन्न गरगहना समेत गरी जम्मा २,२२,५००/- ठगी गरेको ।
३. मिति २०८०/०४/२४
गते जिल्ला ओखलढुङ्गा सुनकोशी गा.पा.वडा नं. ३ घर भई हाल का.जि.कागेश्वरी मनोहरा
न.पा.वडा नं. २ आलापोट बस्ने वर्ष २४ को उत्तम बस्नेतलाई कतारी रियाल देखाई साथमा सुनको
सिक्री लिई रु.२,२०,०००/- ठगी गरेको ।
४. मिति २०८०/०९/२१ गते जिल्ला दोलखा साविक डाँडाखर्क गा.वि.स.वडा नं. ३ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा.वडा नं. ८ माकलवारी बस्ने वर्ष ४९ की दिल कुमारी तामाङलाई साउदी रियाल देखाई कानमा लगाएको सुनको लिई रु.२,८४,०००/- ठगि गरेको ।
५. मिति २०८१/०२/१६ गते जिल्ला रामेछाप दोरम्बा गा.पा.वडा नं. ७ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं. ५ हरियालिनगर बस्ने वर्ष ५८ की चन्दरी तामाङलाई साउदी रियाल देखाई कानमा लगाएको सुनको रिङ लिई रू.२,१०,०००/- ठगी गरेको ।