“ बैदेशिक रोजगारमा रोमानिया लगायतका देशहरुमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०२-२२
- A
- A-
- A+
घटना
बिवरण :
बेरोजगार युवाहरुलाई बैदेशिक रोजगारीमा
पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई
सम्पर्क बिहिन भएकोमा पिडितहरुले जाहेरी दिई अनुसन्धान हुँदा बिदेश पठाउने भनी ठगी
गरेका निम्न व्यक्तिहरुलाई जिल्ला काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति २०८१।०२।२१
गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी बैदेशीक रोजगार बिभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.नाम थर : रुपेश राज गिरी
उमेर : ३९ वर्ष
वतन : जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. वडा नं. ०१ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. सुकेधारा ।
देश : रोमानिया
बिगो रकम : रू ८,००,००० । - (अक्षेरुपी आठ लाख रुपैयाँ)
पक्राउ स्थान :
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ आलोकनगर
जाहेरवाला : देव सिंह महता समेत
घटनाको छोटकरी बिवरण
: रोमानिया पठाईदिन्छु भनी आकर्षक तलबको प्रलोभन देखाई रू ८ लाख रकम लिई सम्पर्क
बिहिन भई
ठगी गरी फरार रहेको ।
२. नाम थर : राजु ढकाल
उमेर : ४५ वर्ष
वतन :
जिल्ला स्याङजा आँधिखोला गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाण्डौं
बुढानिलकण्ठ न.पा. वडा नं. १०
देश : दुबई
बिगो रकम : रू २,५०,००० । - (अक्षेरुपी दुई लाख पचाँस हजार रुपैयाँ)
पक्राउ स्थान : जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०१ नक्साल, नागपोखरी
जाहेरवाला : अर्जुन सुनुवार
घटनाको छोटकरी बिवरण : दुबई पठाईदिन्छु भनी
आकर्षक तलबको प्रलोभन देखाई रू २ लाख पचाँस हजार रकम लिई
सम्पर्क बिहिन भई ठगी गरी फरार रहेको ।
३. नाम थर : युवराज ठाकुर
उमेर : २२ वर्ष
वतन : जिल्ला धनुषा औराही गा.पा. वडा नं. ०४ घर भई
हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ तिनकुने ।
देश : पोल्याण्ड
बिगो रकम : रू ८,००,००० । - (अक्षेरुपी आठ लाख रुपैयाँ)
पक्राउ स्थान : जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ तिनकुने
जाहेरवाला : सशांक राज
बानियाँ समेत
घटनाको छोटकरी बिवरण
: पोल्याण्ड पठाईदिन्छु भनी आकर्षक तलबको प्रलोभन देखाई रू ८ लाख रकम लिई
सम्पर्क बिहिन भई ठगी गरी फरार रहेको ।