“ठगी कार्यमा संग्लन व्यक्ति पक्राउ”
२०८१-०२-२४
- A
- A-
- A+
जिल्ला भोजपुर षडानन्द न.पा.वडा नं.११ स्थायी घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं.२८ हात्तिवन बस्ने रबिन्द्र डाँगीले ललितपुर जिल्ला साविक बिष्टछाप हाल गोदावरी न.पा.वडा नं.२ को सिट नम्बर ८(ग) को कित्ता नं. ३४५ को क्षेत्रफल १-०-०-० ( एक रोपनी) कम मुल्याङ्कन भएको जग्गालाई अर्को स्थानको बढी मुल्याङ्कन भएको सोही कित्ता नं.को अर्को जग्गा देखाई नेपाल सरकार भुमी ब्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी बिभाग नापी कार्यालय ललितपुरबाट प्रकाशित सरकारी नक्सा तथा गोदावरी न.पा वडा नं.२ को वडा कार्यालयबाट चार किल्ला प्रमाणित सिफारिस पत्रको किर्ते गरी श्रीयन्त्र बचत तथा ऋण सहकारी संस्थाबाट रु ८५,००,००।- (अक्षरुपी पचासी लाख रुपैयाँ मात्र) बिगो बराबरको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको टोलीले मिति २०८१।०२।२३ गते अं. ११:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.७ चाबहिलबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान एंवम कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम: रबिन्द्र डाँगी
उमेर:- ३९
वतन:- जिल्ला भोजपुर षडानन्द न.पा.वडा नं.११
हाल जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं.२८ हात्तिवन