“थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि रु. ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०२-२७
- A
- A-
- A+
मिति २०८० चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा यस कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनि निजको आफन्तहरुसँग सम्पर्क गरी मेरो उच्च पदस्थ ब्यक्तिहरुसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायधिश, प्रहरी समेतलाई तल देखि माथी सम्म पैसाले सेटिङ मिलाउछु भनी थुनामा रहेका व्यक्तिहरुको आफन्तहरुलाई बिश्वास दिलाई काठमाण्डौंको बिभिन्न स्थानमा बोलाई भेटघाट गरी नगद रु. २० लाख र चेक मार्फत रु. २५ लाख गरी जम्मा रु ४५,००,०००।– (अक्षेरुपी पैतालिस लाख) रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई यस कार्यालयबाट खटिएको टोलिले मिति २०८१/०२/२५ गते जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं. २३ धापाखेलबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:
नामथर : मुन्ना सिंह भन्ने सुजित कुमार सिंह
उमेर : ४५ बर्ष ।
ठेगाना : जिल्ला सर्लाही मलंगवा न.पा.
वडा नं. ४ ।
हालः
जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल ।