प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“गैह्र कानुनी तवरले अमेरिका पठाउने गिरोहमा संलग्न मुख्य व्यक्ति पक्राउ"

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि संयुक्त राज्य अमेरिका पठाई दिन्छु भनि विश्वास दिलाई आफ्नो बैकको खातामा पटक-पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाउँ भनि दुर्गा बहादुर वली र कमला डाँगी बस्नेत समेतले यस कार्यालयमा जाहेरी दरखास्त दिए पश्चात् अनुसन्धान गर्दा निज नारायण कुमार खड्काको बैक खातामा रु ४,३३,६८,११२.५५।- रकम विभिन्न व्यक्तिले जम्मा गरेको देखिन आए पश्चात् सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई यस कार्यालयबाट खटिएको विशेष टोलीले निजलाई जिल्ला कंचनपुर भिमदत्त न.पा. वडा नं. ११ गड्डा चौकीबाट मिति २०८१।०२।२८ गते पक्राउ गरी निम्न सामानहरू बरामद गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ मा पठाइएको ।

 

पक्राउ व्यक्ति:-

नामः नारायण कुमार खड्का

उमेर ४६ वर्ष

ठेगाना: सोलु दुधकुण्ड न.पा. - ११ सोलुखुम्बु

 हालः जिल्ला काठमाण्डौ का.म.न.पा. ३२ पुरानो सिनामंगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरू:-

    नारायण कुमार खड्काले मेरो High Link Education Consultancy छ वैदेशिक रोजगारीको लागि  USA पठाई दिन्छु भनि  विभिन्न व्यक्तिहरूलाई विश्वास दिलाई आफ्नो बैक खातामा पटक-पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने गरेको ।

    निजको हाल Consultancy नरहेको ।

    निजले अमेरिका पठाई दिने भनि VFS  (Visa Facilitation Services)  गर्नको लागि भारतमा लगि बायोमेट्रिक लगायतका कार्य गराउने गरेको ।

    पीडितहरूलाई अमेरिका लैजाने भनि सिंगापुर, आइबरीपोष्ट हुँदै घाना सम्म पुर्याई अलपत्र पारेको खुल्न आएको ।

    निजले काठमाडौं, कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनामा हुँदै अमेरिका, ग्रीस, क्यानेडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बिया लगायतका देशहरू समेतमा पठाउने भनि ठगी गरेको खुल्न आएको ।

    निजले अमेरिका पठाउने भनि हाल सम्म ८/१० जना व्यक्तिहरूबाट रकम लिएको ।

    निजले युरोप पठाए बापत प्रतिव्यक्ति ८ देखि १० लाख सम्म रकम लिने गरेको ।

    निजको ज्योती विकास बैकको खातामा सन २०२२।०७।२४ देखि २०२४।०५।२९ सम्म जम्मा रू.४,३३,६८,११२.५५।- रकम विभिन्न व्यक्तिले जम्मा गरेको खुल्न आएको ।

    उक्त रकम जम्मा गर्ने व्यक्तिहरू मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा जम्मा रू.३८,३५,०००।- र दुर्गा बहादुर वलीले विभिन्न जम्मा रू.८,२०,०००।- रकम जम्मा गरेको ।

    निज नारायण कुमार खड्काको खातामा जम्मा भएको रकम मध्ये रू.४,३२,२६,१०१.७३।- रकम झिकी सकेको ।

    उक्त खातामा हाल रू.१,४२,००५.८२।- रकम मौज्दात रहेको ।

      CRS हेर्दा निज नारायण कुमार खड्कालाई विभिन्न कार्यालयबाट ८ वटा बैकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो रू.७८,८८,०००।- अक्षरुपि अठहत्तर लाख असी हजार बिगो बराबरमा) चलेको देखिएको ।

 

   बरामद सामानहरू:-

      विभिन्न व्यक्तिहरूको राहदानी, रकम पठाएको, SMS भएको मोबाईल थान-२ ।

      नेपाल टेलिकमको सिमकार्ड थान-२

      Ncell को सिमकार्ड थान-१ ।

      विभिन्न व्यक्तिहरूको नेपाली राहदानी थान-५ ।

      विभिन्न व्यक्तिहरूको राहदानीको प्रतिलिपि थान-७ ।

      विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक पाना-५९ ।

      नारायण कुमार खड्काको नामको विभिन्न बैकहरूको चेक थान-२० ।

      बैक खाता रकम जम्मा गरेको तथा आइएमइ गरेको भौचर थान-३४ ।

      रसिद ठेली थान-१

      नारायण कुमार खड्काको नामको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको परिचयपत्र थान-१ ।

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।