"वैदेशिक रोजगारीको नाममा अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-२९
- A
- A-
- A+
सामाजिक संजाल Facebook, WhatsApp, लगायतका Apps हरुको दुरुपयोग गरी निवेदकहरुसँग Online मा Chat
गरी वैदेशिक रोजगारीको लागि
कम्बोडियाको विज्ञापन राखि कम्बोडिया जान e-visa लगाई
पठाईदिने र त्यहाँ पुगेपछि वर्कपर्मिट निकाली वर्क भिसा गराईदिन्छु भनी बिश्वास दिलाई विभिन्न प्रलोभनमा पारी निवेदकलाई आफ्नो
बैंक खातामा रु ५,००,०००।– ( पाँच लाख मात्र ) रकम पठाउन लगाई ठगी
गर्ने कार्यमा संलग्न रहेको अंकित बस्नेतलाई मिति २०८१।०२।२८ गते जिल्ला
काठमाण्डौं वानेश्वरबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको
लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- अंकित बस्नेत
उमेरः- १८ वर्ष
ठेगानाः- जिल्ला काठमाण्डौं
नागार्जुन न.पा वडा नं. ०४ सितापाईला ।