" कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु २३ बर्ष पछी पक्राउ ”
२०८१-०२-३०
- A
- A-
- A+
गणेश प्रसाद
उप्रेती समेतको जाहेरीले वादी नेपाली सरकार प्रतिवादी केदार भन्ने दुर्ग बहादुर दमाई
भएको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी केदार भन्ने दुर्ग बहादुर दमाई, साधु राम
भन्ने खड्ग बहादुर दमाई समेतलाई मिति २०५३।१०।२५ गते सम्मानित दोलखा जिल्ला
अदालतबाट सर्वस्व सहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा कारागार
व्यवस्थापन विभागको च.न.७०३ मिति २०५६।११।०६ गतेको पत्रानुसार राष्ट्रिय
प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाण्डौको च.न.२७३४ मिति
२०५६।११।०७ गतेको पत्र अनुसार सोही दिन छुटकारा गरिएकोले कैद मुक्त भई वसी आएकोमा उक्त
फैसला उपर पुनरावेदन परी सम्मानित सर्वोच्च अदालतबाट मिति २०५८।०८।०७ गते (२०५७
सालको फौ.पु.नं.२५०३) प्रतिवादी केदार भन्ने दुर्ग
बहादुर दमाई, साधु राम भन्ने खड्ग बहादुर दमाई समेतलाई जन्मकैद
हुने ठहर गरी फैसला भएकोमा निज प्रतिवादीहरुले ११ बर्ष ४ महिना १३ दिन कैद भुक्तान
गर्न वाकी रहेको र निजहरू फरार रहेको
हुँदा यस कार्यालयबाट खटिएका प्रहरी
टोलीले मिति २०८१।०२।२९ गते जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ बाट
तपसिलमा उल्लेखित ठेगाना भएका दुर्ग
बहादुर दमाई, साधु राम भन्ने खड्ग बहादुर दमाईलाई पक्राउ गरी
फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौ
पठाईएको ।
पक्राउ परेका ब्यक्तिहरु:
१. नाम थर: केदार भन्ने दुर्ग बहादुर दमाई
उमेर: ७२ बर्ष
स्थायि वतन: जिल्ला दोलखा साविक पोवटी गा.वि.स. वडा नं. ४ परिवर्तित मेलुङ गाउँपालिका
वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ
कागेश्वरी मनोहरा न.पा. वडा नं. ६
२. नाम थर: साधु राम भन्ने खड्ग बहादुर दमाई
उमेर: ५३ बर्ष
स्थायि वतन: जिल्ला दोलखा साविक पोवटी गा.वि.स. वडा नं. ४ परिवर्तित मेलुङ गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६