“वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०३-०५
- A
- A-
- A+
राम कुमार श्रेष्ठको जाहेरीले वादी नेपाल स़रकार
प्रतिवादी जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ टिकाथली घर भई ऐ.ऐ. बस्ने ज्ञान
बहादुर महर्जनको छोरा बर्ष ४५ को सन्तोष महर्जन भएको वैदेशिक रोजगार ठगी मुद्धामा(लगत
नं. ८९६६) निज
प्रतिवादी सन्तोष महर्जनलाई १ बर्ष ४ महिना २० दिन कैद र रु. १,५०,०००/- (एक लाख
पचास हजार मात्र) जरिवाना भराउने भनी मिति
२०६८।०१।०९ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंबाट फैसला भई फरार रहेका प्रतिवादी सन्तोष महर्जनलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।०५ गतेको
दिन अन्दाजी १३:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ टिकाथलीबाट पक्राउ गरी ऐ.
मिति मा फैसला कार्यान्वयनको लागि सम्मानित
ललितपुर जिल्ला अदालत पाटन ललितपुर पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः सन्तोष महर्जन,
उमेर : ४५ वर्ष,
ठेगानाः जिल्ला
ललितपुर महालक्ष्मी न.पा. ५ टिकाथली स्थायी वतन भई ऐ.ऐ. बस्ने ।