“नक्कली सवारी दर्ता किताब सहित मानिसहरु पक्राउ”
२०८१-०३-०५
- A
- A-
- A+
धनी एभरेष्ट बैंक लि. ऋणी गजेन्द्र
लोहनी विश्वकर्मा भएको बा २० च ६४६७ नम्बरको Brezza गाडीको
सवारी दर्ता किताबमा किर्ते गरी उक्त गाडी खरिद बिक्री तथा ठगी गरी रहेका छन भन्ने
विशेष सुचना यस कार्यालयमा प्राप्त भएकोमा उक्त कार्यमा संलग्न मानिसहरुको खोजतलास
गर्ने क्रममा यस कार्यालयको शाखा कार्यालय Police Range Crime Branch (ललितपुर), Police Circle Crime Branch गौशाला र महाराजगञ्जको संयुक्त प्रहरी टोलीले जिल्ला बैतडी
शिवनाथ गा.पा.वडा नं.७ हाल का.जि.का.म.न.पा वडा नं. १३ बस्ने वर्ष ३८ को विरेन्द्र
सिंह साउँद समेतका मानिसहरुलाई मिति २०८१/०३/०३ गते का.जि. का.म.न.पा.वडा नं. ७
चाबहिल गंगाहिटीबाट किर्ते सवारी दर्ता किताब थान २ ( दुई ) सहित पक्राउ गरि थप
अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको ।
साथै अनुसन्धान गर्दै जादा मिति २०८१/०३/०४ गते जिल्ला भक्तपुर कटुन्जे बस्ने भरत त्वयनाको नाममा रहेको सवारी दर्ता किताव किर्ते गरी मनोज कुमार सुनार बरालीको नाम राखि B AD0247 नम्बरको मारुती सुजुकी अल्टो कारको किर्ते दर्ता किताव थान १ सहित का.जि. बसुन्धाराबाट फेला पारी बरामद गरेकोले सो सम्बन्धमा समेत अ.अ. जारी रहेको ।
पुनश्च
:- लामो समय देखि उक्त समुहले सवारी दर्ता कितावमा किर्ते गरी
नक्कली सवारी साधन धनि बनी सवारी साधन डिक राखि पैसा लिने गरेको अनुसन्धानबाट खुल्न
आएकोले आफ्नो सवारी साधन र सवारी दर्ता किताव अर्को व्यक्तिलाई जिम्मा दिदा सचेत
रहन सम्पुर्ण सवारी धनिहरुलाई यस कार्यालयले अनुरोध गर्दछ ।
पक्राउ प्रतिवादीहरु :-
१. नाम :- विरेन्द्र सिंह साउँद २. नाम :- मनोज कुमार सुनार बराली
उमेर :- ३८ वर्ष उमेर :- ३८ वर्ष
ठेगाना
:- जिल्ला बैतडी शिवनाथ गा.पा. वडा नं. ७ ठेगाना :- जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. १
हाल
:- का.जि. बु.न.पा. वडा नं. १३ हाल :- का.जि.बु.न.पा. वडा नं. ८
धुम्बाराही
३. नाम :- SK भन्ने शान्त कुमार मगर ४. नाम :- पवन सिंह
उमेर
:- ३३ वर्ष उमेर :- ३२ वर्ष
ठेगाना
:- जिल्ला रामेछाप लिखुतामाकोशी गा.पा.वडा नं. ५ ठेगाना
:- जिल्ला डोटी आदर्श गा.पा.वडा नं. ५
हाल
:- का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर हाल :- का.जि.बु.न.पा.वडा नं. ८ मण्डिखाटार
बरामद सामानको विवरण :-
१. विरेन्द्र सिंह साउँद र मनोज कुमार सुनार बरालीको नामको सवारी
दर्ता किताव थान-२
अनुसन्धान बाट खुल्न आएका कुराहरु :-
१. मनोज कुमार सुनार विगतमा पनि सवारी साधन डिक राखि नम्बर
परिवर्तन गरी चलाई रहेकोमा जिल्ला अदालत ललितपुर बाट रू. ५,००,०००/- ( पाँच लाख ) धरौटीमा रिहा भएको देखिएको
।
२. विरेन्द्र सिंह साउँद रू. ५०,०००/- को प्रलोभनमा परी सवारी
साधन कितावमा फोटो र नागरिकताको प्रतिलिपि दिई फोटो टास्ने काम गरेको ।