“अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ "
२०८१-०३-०७
- A
- A-
- A+
घटना विवरण :
कतारबाट नेपाल आउने हिमालय एयरको उडान मार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अवैध
रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०३।०६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट मोहमद
दिलसाद खाँको शरीर खानतलासी
गर्दा निजले लगाएको निलो रंगको जिन्स
पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको अवस्थामा
मूल्य रू.९,९९,३९६.०९।- (अक्षरुपी नौ लाख उनान्सय हजार तिन
सय छयानब्बे रुपैयाँ, नौ पैसा) बराबरको ६९.८९० ग्राम तौल भएको सुनको ब्रास्लेट
थान-१ (एक ) र ११.६५० ग्राम तौल
भएको बेरुवा औँठी थान-१ (एक) सहित
पक्राउ गरिएको । निजकै सूचनाको आधारमा उक्त सुन ओसारपसार गर्ने कार्यमा संलग्न
सन्तोष परियार र अन्जिल गुरुङलाई समेत पक्राउ गरी निजहरू तीनै जनालाई बरामदी सुन
सहित भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा
आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंमा पठाइएको ।
पक्राउ व्यक्तिहरू-
१. जिल्ला बाँके
खजुरा गाउँपालिका वडा नं. ८ बस्ने वर्ष २४
को
मोहमद दिलसाद खाँ ।
२. जिल्ला नवलपरासी पूर्व गैडाकोट न.पा. वडा नं. १३
घर भई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ बस्ने वर्ष ४३ को सन्तोष परियार
३. जिल्ला तनहुँ भानु न.पा. वडा नं. ७ घर भइ हाल जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. २६ बस्ने वर्ष २५ को अन्जिल गुरुङ ।