“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ "
२०८१-०३-०९
- A
- A-
- A+
घटना विवरण :
राज कुमार मोक्तान
(तामाङ) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जित बहादुर मगर समेत भएको “ज्यान
मार्ने उद्योग” मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिवादी जित बहादुर मगर
समेतको नाउँमा सम्मानित रामेछाप जिल्ला अदालत मन्थली रामेछापबाट मिति २०८१।०२।२९
गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्नको लागि यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै
जाँदा मिति
२०८१।०३।०७ गते अ.२१:०० बजेको समयमा काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ४
धुम्बाराहीबाट निम्न वतन भएका प्रतिवादीहरुलाई पक्राउ गरी मिति २०८१।०३।०८ गते आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी
कार्यालय रामेछाप पठाईएको ।
पक्राउ
प्रतिवादीहरु-
१.
नामः
जित
बहादुर मगर ।
उमेर : ५१ वर्ष
ठेगानाः जिल्ला रामेछाप सुनापाती गा.पा. वडा नं. २ स्थायी वतन भई जिल्ला काठमाण्डौं कागेश्वरी मनहरा न.पा.
वडा नं.९ हातिडाँडा बस्ने ।
२.
नामः
चन्द्र बहादुर थापा मगर ।
उमेरः २७ बर्ष
ठेगानाः जिल्ला रामेछाप खाँडादेवी गा.पा. १ स्थायी वतन भई जिल्ला
काठमाण्डौं का.म.पा. ७ चाबहिल बस्ने ।