“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०३-१०
- A
- A-
- A+
घटना
विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक
तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाउने भनी रकम लिए
पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरी प्रारम्भिक
अनुसन्धान गर्दा निजहरुले राम्रो कामको लोभ देखाइ पीडितहरुलाई प्रलोभनमा पारी रकम
लिए पश्चात वैदेशिक रोजगारीमा नपठाई ठगी गरेकाले पीडितहरुले वैदेशिक रोजगार विभागमा
जाहेरी दिएकोमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
नर्वदा कुमारी खड्का
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला मोरङ बुढिगंगा गा.पा.वडा नं.०५ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा २९ अनामनगर बस्ने ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. २९ अनामनगर ।
ठगी रकम :- रु ३,८५,०००।– ( अक्षेरुपी
तीन लाख पचासी हजार रुपैँया )
देश:- क्यानडा
घटनाको छोटकरी विवरण :- क्यानडा
पठाउने भनी आफ्नो खातामा रु ३,८५,०००।– राख्न लगाई पीडित संग सम्पर्क विहीन भई
ठगी गरी
फरार रहेकोमा पक्राउ गरिएको ।
पीडित संख्या
:- १ जना
२. नाम थर :-
पासाङ लामा
उमेर :- ४० वर्ष
वतन :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा.वडा नं.०३ स्वयम्भु बस्ने ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ३१ मिनभवन ।
ठगी रकम:- रु ५,२०,०००।– ( अक्षेरुपी
पाँच लाख बीस हजार रुपैँया )
देश:- पोर्चुगल
घटनाको छोटकरी विवरण:- पोर्चुगल
पठाउने भनी आफ्नो खातामा रु ५,२०,०००।– राख्न लगाई पीडित संग सम्पर्क विहीन भई
ठगी गरी
फरार रहेकोमा पक्राउ गरिएको ।
पीडित संख्या :- २ जना