“डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जना पक्राउ”
२०८१-०३-११
- A
- A-
- A+
मिति
२०८१।०३।०४ गते अं.१३:०० बजेको समयमा जिल्ला भक्तपुर, सुर्यविनायक न.पा.वडा नं.०४ दधिकोट बस्ने वर्ष ३५ को डिल्ली बहादुर
राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरू प्रवेश गरी CBI प्रहरी
हुँ भनि, घरका सदस्यहरूलाई डरत्रास देखाई नियन्त्रणमा लिई
दराज भित्र रहेको अं.२ करोड नेपाली रूपैया डाँका चोरी तथा लुटपाट गरी फरार रहेकोमा
यस कार्यालयबाट खटिएको प्रहरी टोलिले विभिन्न मिति र विभिन्न स्थानबाट उक्त घटनामा
संलग्न रहेका सुजन रसाईली समेत ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा
कारवाहिको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको ।
पक्राउ
व्यक्तिहरू :
१. नामः सुजन रसाईली
उमेरः ३० बर्ष
ठेगानाः जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं.०२
हालः का.जि.गोकर्णेश्वर
पक्राउ मितिः २०८१।०३।०७ गते ।
पक्राउ स्थानः भक्तपुर, साँगाभञ्ज्याङ
२. नामः भिम बहादुर तामाङ
उमेरः ३१ बर्ष
ठेगानाः जि.सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.०२
हालः का.जि.गोकर्णेश्वर
पक्राउ मितिः २०८१।०३।०७ गते ।
पक्राउ स्थानः भक्तपुर, साँगाभञ्ज्याङ
३. नामः मुना राज राई
उमेरः
३६ बर्ष
ठेगानाः जि.ओखलढुङ्गा, मानेभञ्ज्याङ गा.पा.वडा नं.०३
हालः जि.ललितपुर, ईमाडोल
पक्राउ मितिः २०८१।०३।१० गते ।
पक्राउ स्थानः सिद्धिचरण, ओखलढुङ्गा
४. नामः कृष्ण बहादुर बोहोरा
उमेरः ३८ बर्ष
ठेगानाः जि.सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.०२
हालः का.जि.महाराजगंज
पक्राउ मितिः २०८१।०३।१० गते ।
पक्राउ स्थानः का.जि.का.म.न.पा.वडा
नं.०३ महाराजगंज
प्रारम्भिक
अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः
Ø डिल्ली बहादुर राउतको मामा कुल बहादुर खत्रीलाई डिल्ली बहादुर राउतको घरमा बढी
मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा निज कुल बहादुर खत्रीले बैदेशिक रोजगारको
काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराई लुट्ने योजना
बनाएको ।
Ø
लुट्ने योजना अनुसार मिति
२०८०।०३।०३ गते मामा कुल बहादुर खत्रीले सुजन रसाईलीलाई डिल्ली बहादुरको घर देखाई
रेकी गर्न लगाएको ।
Ø
मिति २०८१।०३।०४ गते डाँका
चोरी तथा लुटपाट गर्ने योजना सहित भक्तपुर, कौशलटार स्थित रहेको Live Burger &
Pizza Point मा ११:०० बजेको समयमा भेला जम्मा
भई छलफल गरी घटनास्थल तर्फ लागेको ।
Ø मिति २०८१।०३।०४ गते सुजन रसाईली, भिम बहादुर
तामाङ, मुना राज राई, कृष्ण बहादुर
बोहोरा लगाएतका व्यक्तिहरू उक्त घरमा गई CBI को प्रहरी हुँ
भनि प्रहरीको परिचय पत्र र खुकुरी समेत देखाई दराजमा रहेक अं. रू. २ करोड लुटी
लगेको ।
Ø लुटी लगेको रकम भिम बहादुर तामाङको का.जि.गोकर्णेश्वर न.पा.वडा नं.०४ माकलवारी
स्थित कोठामा ५ जनालाई बाँडफाड गरेको ।
सुजन रसाईली संलग्न अन्य कसूरहरू
Ø मिति २०७६।०७।०४ गते
परिसर काठमाण्डौ बाट सुन जस्तो पहेलो धातु देखाई ठगी गरेको कसुरमा ठगी मुद्दामा
कारवाही भई छुटेको ।
Ø मिति २०८०।०२।११ गते इ.प्र.का.बाह्रविसेबाट कुटपिट तथा झैझगडा गरेको कारण अभद्र व्यवहारमा कारवाही भई छुटेको
बरामद सामानहरूः
Ø नगद रू. ३६ लाख ३६ हजार
Ø घटनामा प्रयोग भएको बा.प्र.०२-०४० प.५५३८ र बा.प्र.०२-०३३ प
६१७४ नं.को २२० सिसिको पल्सर मो.सा. थान - २
Ø मोवाईल थान – १०
Ø लुटिएको रकम बोक्न प्रयोग गरेको झोला थान - २
Ø डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू
Ø डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर
Ø खुकुरी थान - १