“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०३-११
- A
- A-
- A+
पुर्ण बहादुर
लामघादेको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी जिल्ला चितवन साविक पटिहानी
गा.वि.स. वडा नं. ४ हाल परिवर्तित जिल्ला ऐ. भरतपुर महानगरपालिका वडा नं. २४
सुन्दरबस्ती स्थायी वतन भई जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा न. १० मनमैजु बस्ने देवि
बहादुर नेपालीको छोरा बर्ष ३४ को पदम बहादुर नेपाली भएको बैंकिङ कसुर मुद्धामा सम्मानित कास्की जिल्ला अदालत, पोखरा, कास्कीबाट मिति २०८०।११।०१
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।१० गते अन्दाजी १७;०० बजे जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका
वडा न. १० मनमैजुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि मिति २०८१।०३।११ गते जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः पदम बहादुर नेपाली ।
उमेर : ३४ वर्ष
ठेगानाः जिल्ला चितवन साविक पटिहानी गा.वि.स. वडा नं. ४ हाल परिवर्तित जिल्ला ऐ. भरतपुर महानगरपालिका वडा नं. २४ सुन्दरबस्ती स्थायी वतन भई जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा न. १० मनमैजु बस्ने ।