“सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८१-०३-१२
- A
- A-
- A+
घटना विवरण :
पेमा तामाङको
जाहेरीले वादी नेपाल स़रकार प्रतिवादी जिल्ला ललितपुर साविक लुभु गा.वि.स. वडा नं.
१ हाल परिवर्तित जिल्ला ऐ. महालक्ष्मी नगरपालिका वडा नं. ६ लुभु स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा न. १ इमाडोल
बस्ने
राम गोपाल श्रेष्ठको छोरा बर्ष ३९ को श्याम भन्ने लिलेन्द्र श्रेष्ठ भएको सवारी
ज्यान मुद्धामा (लगत
नं ३९५०)
मा निज प्रतिवादी श्याम भन्ने लिलेन्द्र श्रेष्ठलाई सम्मानित काठमाण्डौ
जिल्ला अदालत बबरमहल काठमाण्डौको मिति २०६२।०५।१० गतेको फैसलाले ११ महिना ५ दिन
कैद ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादी श्याम
भन्ने लिलेन्द्र श्रेष्ठलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।११ गतेको
दिन अन्दाजी १७:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १
इमाडोलबाट
पक्राउ गरी मिति २०८१।०३।१२ गते
फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहल काठमाण्डौं पठाईएको
।
पक्राउ
व्यक्तिः-
नामः श्याम भन्ने लिलेन्द्र
श्रेष्ठ,
उमेर : ३९ वर्ष,
ठेगानाः जिल्ला
ललितपुर साविक लुभु गा.वि.स. वडा नं. १ हाल परिवर्तित जिल्ला ऐ. महालक्ष्मी
नगरपालिका वडा नं. ६ लुभु स्थायी वतन भई
जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा न. १ इमाडोल बस्ने ।