“लाली गुँरास सहकारी संस्थाका अध्यक्ष सहित ४ जना पक्राउ”
२०८१-०३-१६
- A
- A-
- A+
जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं.०३ पुल्चोकमा लाली गुँरास सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पु-याई बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा मिति २०८०/१२/०१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएकोमा उक्त मिति देखि श्री लाली गुँरास सहकारी संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०३।१४ गते काठमाण्डौंको विभिन्न स्थानहरूबाट उक्त सहकारीका अध्यक्ष समेत ४ जना संचालक तथा व्यवस्थापकहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ,ललितपुर पठाईएको ।
१. नामः अमरदास श्रेष्ठ
उमेरः ७६ वर्ष
ठेगानाः का.जि. का.म.न.पा.१३
हालः का.जि.का.म.न.पा.०४
चुनदेवी
लालि गुँरास सहकारी संस्थाका अध्यक्ष
२. नामः
सुरेन्द्र भण्डारी
उमेरः ४६ वर्ष
ठेगानाः जि.गोरखा, सिरानचोक गा.पा.वडा नं.०२
हालः ललितपुर.जि.सैबु भैसेंपाटी वडा
नं. २५
लालि गुँरास सहकारी संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत
३. नामः अमृत कुमार अर्याल
उमेरः
७५ वर्ष
ठेगानाः का.जि.लाजिमपाट न.पा.वडा नं.०२
हालः का.जि.लाजिमपाट न.पा.वडा नं.०२
लालि गुँरास सहकारी सहकारी संस्थाका कोषाध्यक्ष
४. नामः कदमबाबा जोशी प्रधान
उमेरः ६१ वर्ष
ठेगानाः
जि.ल.पु.,ल.म.न.पा.११
हालः
का.जि.का.म.न.पा.वडा नं.०६ चाबहिल
लालि गुँरास सहकारी सहकारी संस्थाका सदस्य
अनुसन्धानबाट खुल्न आएका कुराहरु
अमरदास श्रेष्ठ
v
३१ बर्ष नेपाल बैँक लिमिटेड मुख्य कार्यालय नयाँ सडकमा Chief Manager रुपमा काम गरेको ।
v
२०६१ सालमा श्री लाली गुँरास सहकारीको सचिवको रुपमा
२ वर्ष काम गरेको ।
v
२०६४ सालमा श्री लाली गुँरास सहकारीको उपाध्यक्षको
रुपमा ८ वर्ष काम गरेको ।
v २०७४ साल देखि हालसम्म श्री लाली गुँरास सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेको ।
सुरेन्द्र भण्डारी
v २०५६ साल देखि हालसम्म
निरन्तर रुपमा श्री लालीगुँरास सहकारी संस्था पुल्चोकमा विभिन्न पदमा कार्यरत
रहेको ।
Ø २०५६ साल आश्विन १५ गते
श्री लालीगुँरास सहकारी संस्था पुल्चोकमा Manager को रुपमा
प्रवेश गरेको ।
Ø प्रमुख कार्यकारी अधिकृत, संचालक
सदस्य हुदैं हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेको बुझिएको ।
Ø २०६६ र २०७६ सालमा गरी दुई
पटक सहकारी राष्ट्रिय विकास वोर्डको
संचालक पदमा कार्य गर्नुभएको जानकारी प्राप्त हुन आएको ।
Ø राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ संचालक पदमा रहेर करिव ६ वर्ष (२०७२ साल देखि २०७७) काम गरेको बुझिएको ।
निजहरु संलग्न अन्य कसूरहरू
v वादी नेपाल सरकार प्रतिवादी ध्रुव खरेल समेत भएको ठगी सम्बन्धि कसूर मुद्धाको अनुसन्धानको सिलसिलामा श्री लालीगुँरास सहकारी संस्थाका संचालक पदाधिकारीहरु उपर आवश्यक अनुसंधान हुन जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई श्री जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंले निर्देशन सहितको पत्र पठाएपछि निजहरू सुरेन्द्र भण्डारी,अमरदास श्रेष्ठ,अमृत कुमार अर्याल र कदम बाबा जोशी समेत उपर ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ अनुमति प्राप्त भएको देखिएको ।
बचत
कर्ताहरू - २२००० जना
जम्मा निक्षेप-
६ अर्ब ३० करोड