प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”

२०८१-०३-२०

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले राम्रो कामको लोभ देखाइ पीडितहरुलाई प्रलोभनमा पारी रकम लिए पश्चात वैदेशिक रोजगारीमा नपठाई ठगी गरेकाले पीडितहरुले वैदेशिक रोजगार विभागमा जाहेरी दिएकोमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।

पक्राउ व्यक्तिहरु:-

१.   नाम थर :-  जिवन कडरिया

उमेर :- ३३ वर्ष      

वतन :-  जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा.वडा नं.०६

हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा २९ मैतिदेवी बस्ने

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २९ मैतिदेवी ।

ठगी रकम :- रु ४,२०,०००।– ( अक्षेरुपी चार लाख बिस हजार रुपैँया )

देश:- क्यानडा

घटनाको छोटकरी विवरण :- क्यानडा पठाउने भनी आफ्नो खातामा रु ४,२०,०००।– राख्न लगाई पीडित संग सम्पर्क विहीन भई

ठगी गरी फरार रहेकोमा पक्राउ गरिएको ।

        पीडित संख्या :- १ जना   

     २. नाम थर :-  चुडा बहादुर खड्का

उमेर :- ४६ वर्ष     

वतन :-  जिल्ला रामेछाप मन्थली न.पा.वडा नं.०८ ।

हाल :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा ०४ धुम्बाराही बस्ने

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४  धुम्बाराही ।

ठगी रकम:- रु १७,००,०००।– ( अक्षेरुपी सत्र लाख रुपैँया )

देश:- कोरिया

घटनाको छोटकरी विवरण:-कोरिया पठाउने भनी आफ्नो खातामा रु १७,००,०००।– राख्न लगाई  पीडित संग सम्पर्क विहीन भई

         ठगी गरी फरार रहेकोमा पक्राउ गरिएको ।

         पीडित संख्या :- ३ जना   

सम्बन्धित समाचार
“SMS गरी धाक धम्की दिई पैसा माग गर्ने व्यक्ति पक्राउ”
२०८१-०७-०६

चिनीयाँ नागरिकले सञ्चालन गरेको Xishuan Yang textile pvt Ltd कम्पनीको म्यानेजरको मोबाइलमा SMS गरी रकम माग गरेको, रकम नदिएमा Company मा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरी यस कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको अनुसन्धान टोलीले उक्त धम्की दिने व्यक्तिलाई मिति २०८१।०७।०५ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ स्थित सोही कम्पनीबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्ति:नाम थर :- पदम भन्ने आकाश तामाङउमेर:- ३२ वर्षस्थायी वतन:- जिल्ला सिन्धुपाल्चोक ज्यामिरे गा.बि.स. वडा नं. ८हाल :- जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ८अनुसन्धान बाट खुल्न आएका कुराहरु मिति २०८१।६।२१ गते राती २०:४० बजेको समयमा मोवाइल नम्बर ९८४०९२००२७ मा Xishuan Yang textile pvt.Ltd मा लेवरको काम गर्ने कर्मचारी पदम भन्ने आकाश तामाङले अपरिचित मोवाइल नम्बर ९८०८०५०८५३ बाट हाम्रो पाटीलाई रु १,५०,०००।- देखि रु २,००,००० सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षेती गराई दिने भन्ने व्यहोराको SMS गरेको खुल्न आएको

“चोरी गर्ने व्यक्तिहरू पक्राउ”
२०८१-०७-०४

मिति २०८१।०६।३० गते अं. १८:०० बजेको समयमा जिल्ला अर्घाखाची घर भई हाल का.जि. किर्तिपुर हलचोक बस्ने सिता पौडेलको काठमाडौँ मल स्थित बाट सुनका गरगहना लगायतको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न गोविन्द परियार सहितका निम्न मानिसहरुलाई मिति २०८१/०७/०३ गते काठमाडौँ उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको ।पक्राउ प्रतिवादीहरू :- १. नाम :- गोविन्द परियार उमेर :- २९ बर्षठेगाना :- जिल्ला मोरङ् बेलबारी न.पा.वडा नं. ६हाल :- का.जि. बलम्बु २. नाम :- सुरेश नेपालीउमेर :- ३० बर्षठेगाना :- जिल्ला डोटी दिपायल सिलगडी न.पा. वडा नं. ६हाल :- का.जि. सितापाइला३. नाम :- निशान ढुङ्गानाउमेर :- २६ बर्षठेगाना :- जिल्ला धादिङ निलकण्ठ न.पा. वडा नं. ५हाल :- का.जि. सितापाइला४. नाम :- गिता ढुङ्गाना ।उमेर :- ४१ बर्षठेगाना :- जिल्ला धादिङ निलकण्ठ न.पा. वडा नं. ५  हाल :- का.जि. सितापाइला५. नाम :- श्याम बहादुर सुनारउमेर :- ४३ बर्षठेगाना :- जिल्ला नुवाकोट  विदुर न.पा. वडा नं. ५हाल :- का.जि. सितापाइला६.  नाम :- ओखरे भन्ने सुरज श्रेष्ठउमेर :- २५ वर्षठेगाना :- जिल्ला मकवानपुर हेटौडा उप.म.न.पा. वडा नं. १९हाल :- का.जि. ढुङ्गेअड्डा बरामद सामानहरु :-                                                                                                १.      स्वरुप परिवर्तन भएको अवस्थामा रहेको सुन ३९.४४ ग्राम २.     चोरी भएको सामसुङ कम्पनिको मोबाईल तथा निजहरुले प्रयोग गर्ने मोवाईल थान-६ ३.     नगद रु.१,२०,०००।-

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०७-०२

वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिराहा, सिराहा न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला  काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ बालुवाटार ढुंगेधारा वस्ने वर्ष ४१ को हसन राजा रहेको बैंकिङ कसूर मुद्दामा सम्मानित जिल्ला अदालत बबरमहल काठमाण्डौको फैसलाले २ वर्ष कैद सजाय तोकि फरार रहेका निम्न प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।०१ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला  काठमाण्डौं का.म.न.पा.वडा नं. ०४ बालुवाटारबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बबरमहल, काठमाण्डौं पठाइएको ।     पक्राउ व्यक्ति:-१.   नाम थर  :- हसन राजाउमेर    :-   ४१ वर्ष      वतन   :- जिल्ला  सिराहा, सिराहा न.पा. वडा नं. ०४ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ बालुवाटार ।सजाय :- २ वर्ष कैद बिगो रकम  :- रु. १६,५०,०००।– (सोह्र लाख पचास हजार) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ बालुवाटार । पक्राउ मिति :- २०८१।०७।०१ गते ।

"नक्कली नागरिकता र नक्कली पक्राउ पुर्जी प्रयोग गरी अनुचित लाभ लिने व्यक्ति पक्राउ”
२०८१-०७-०२

जाहेरवालाले प्रेम बहादुर थापा मगरलाई रु.१०,०००।–(अक्षेरुपी दश हजार) तिर्नु पर्नेमा सो बापत ग्यारेन्टीको लागि लिएको खाली चेकमा आफै रु.२,००,०००।–(अक्षेरुपी दुई लाख) भरी बाउन्स समेत गराई नक्कली पक्राउ पुर्जी बनाई आफुले प्रयोग गर्ने WhatsApp को प्रोफाईलमा पूर्ब प्रहरी महानिरीक्षकको युनिफर्म सहितको फोटो प्रयोग गरी  आफु प्रहरी भएको बताई पिडितलाई पैसा नतिरे तुरुन्त पक्राउ गरी थुन्ने भनी धम्की दिएको भनी निवेदन पर्न आएपश्चात यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले अनुसन्धान गरी निज प्रेम बहादुर थापा मगरलाई मिति २०८१।०७।०१ गते काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा.वडा नं.६ मुलपानीबाट पक्राउ गरी निजको डेराकोठा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको विवरण राखी आफ्नै फोटो प्रयोग गरी बनाएका ५ थान नक्कली नागरिकता र ३ थान नक्कली सवारी चालक अनुमती पत्रहरु समेत  बरामद गरी निजलाई अनुचित लेनदेन तथा लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि मिति २०८१।०७।०२ गते जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा पठाइएको ।पक्राउ परेको व्यक्तिको विवरण:- जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ मुलपानी वस्ने वर्ष २६ को प्रेम बहादुर थापा मगर ।

“वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०७-०२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- देवकी भुजुउमेर    :-   ३३ वर्ष      वतन   :- जिल्ला  भक्तपुर सुर्यविनायक न.पा. वडा  नं. ०५ कट्टुन्जे ।बिगो रकम  :- रु. ३,५६,५००।– ( तीन लाख छपन्न हजार पाँच  सय) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०७।०२ गते । पीडित संख्या  :- १ जना   

“वैदेशिक रोजगारमा मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-३०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-      १.  नाम थर  :- बालेश्वर  महतोउमेर    :-   ३८ वर्ष      वतन   :- जिल्ला  सुनसरी भोक्राहा नर्सिङ गा.पा. वडा नं. ०१ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ गौशाला ।बिगो रकम  :- रु.  २,००,०००।– ( दुई लाख ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ गौशाला ।पक्राउ मिति :- २०८१।०६।३० गते । पिडित संख्या  :- १ जना