"HONEY TRAP मा संलग्न ब्यक्तिहरु पक्राउ ”
२०८१-०३-२८
- A
- A-
- A+
घटना विवरण :
आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले महिला र
पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोन आदानप्रदान गरी सम्पर्क तथा
प्रत्यक्ष भेटघाट गराई अश्लिल भिडियो बनाई उक्त भिडियो पिडितलाई पठाई पिडितसंग
दबाब मुलक ढंगले डर त्रास देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल
गरेको भन्ने जाहेरी यस कार्यालयमा प्राप्त भए पश्चात सम्मानित काठमाण्डौ जिल्ला
अदालतबाट पक्राउ अनुमती लिई यस कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति
२०८१।०३।२७ गते उक्त वारदातमा संलग्न तेन्जी डोमा छिरिङ/डोल्मा लामा भन्ने सिर्जना तामाङ र
सौरभ तामाङ भन्ने लिला बहादुर तामाङलाई का.जि.का.म.न.पा.वडा नं. ६ बौद्धबाट पक्राउ
गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ
पठाईएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु:-
Ø सौरभ तामाङ भन्ने लिला बहादुर तामाङले पिडितको Facebook id तेन्जी डोमा छिरिङ/डोल्मा लामा भन्ने सिर्जना तामाङको WhatsApp मा पठाई
साथी बन्न लगाएको ।
Ø Facebook Messenger बाट सिर्जना
तामाङले पिडितसंग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको ।
Ø पिडित कोठामा आउन मन्जुर भएपछि सौरभ तामाङ भन्ने लिला
बहादुर तामाङले आफ्नो मोबाईल द्वारा पिडितसंगको भिडियो बनाउने प्रयोजनको लागी निज
सिर्जना तामाङलाई दिएको ।
Ø सौरभले दिएको मोबाईलबाट सिर्जनाले आफ्नो र पिडितको
अश्लिल भिडियो बनाई उक्त मोबाईल सौरभलाई फिर्ता गरेको ।
Ø उक्त भिडियो सिर्जना र सौरभले पिडितलाई पठाई पिडित
संग सुरुमा १ करोडको Bargaining गरेको र पछि
१५ लाखमा कुरा मिलाएको ।
बरामद समाग्री:
Ø विभिन्न कम्पनीको मोबाईल थान-२
Ø ५०० दरको नेपाली रुपैया थान-६९ गरी जम्मा रु ३४,५००
मात्र ।-
पक्राउ व्यक्तिहरु:-
१.
नामः तेन्जी डोमा छिरिङ / डोल्मा लामा भन्ने सिर्जना तामाङ
उमेरः २० बर्ष
ठेगानाः जिल्ला सिन्धुपाल्चोक
मेलम्ची न.पा. वडा नं. ७
हालः
का.जि.का.म.न.पा. वडा नं.७ बौद्व
२. नामः सौरभ तामाङ भन्ने लिला
बहादुर तामाङ
उमेरः२९ बर्ष
ठेगानाः जिल्ला सिन्धुपाल्चोक जुगल
गा.पा. वडा नं. ५
हालः जिल्ला काठमाण्डौ कागेश्वरी
मनहरा मुलपानी