"Cash App मार्फत ५ करोड बराबरको कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ”
२०८१-०३-२८
- A
- A-
- A+
घटना विवरणः
Cash App नामक Online Application प्रयोग
गरी अबैध रुपमा आर्थिक कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रारम्भिक
अनुसन्धान गर्दै जाँदा जिल्ला मोरङ बिराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष
कुमार बुढाथोकीले पक्राउ परेका गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली,
आशुतोष कोईराला, मिलन मिश्रलाई Cash App Server को Access दिई ६ ओटा ईसेवा वालेट, ५ ओटा Connect
IPS Account र सोहि Account हरुमा Linkup
भएका १९ ओटा बिभिन्न बैंकका खाताहरु समेतमा अबैध तरिकाले Cash
App मार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न
आए पश्चात उक्त कार्यमा संलग्न निम्न नामथर भएका ब्यक्तिहरुलाई यस कार्यालयबाट खटि
गएको प्रहरी टोलिले काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानबाट बिभिन्न IPhone ब्राण्डका मोबाईल थान-५, बिभिन्न कम्पनीका ल्यापटप थान-३ समेत ५ जनाको साथबाट बरामद एवं पक्राउ गरी निजहरुलाई मुलुकी
अपराध संहिता,
२०७४ को परिच्छेद- ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा
सट्टाबाजी गर्न नहुने) कसूरमा र सोहि संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग
गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला
प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।
पक्राउ ब्यक्तिहरुको विवरणः
१.
नामथर
:
गौरभ भट्टराई
उमेर : २२ बर्ष
ठेगाना : जिल्ला मोरङ
उर्लाबारी म.न.पा. वडा नं. ०८
हाल : जिल्ला काठमाण्डौ रवि भवन ।
२.
नामथर
:
सुजन दाहाल
उमेर : २३ बर्ष
ठेगाना : जिल्ला मोरङ
उर्लाबारी म.न.पा. वडा नं. ०८
हाल : जिल्ला काठमाण्डौ सोल्टिमोड ।
३.
नामथर
:
सिद्धार्थ नेपाली
उमेर : २२ बर्ष
ठेगाना : जिल्ला ओखलढुङगा
चम्पादेवी गा.पा. वडा नं. ०६
हाल : जिल्ला काठमाण्डौ सिनामंगल ।
४.
नामथर
:
आशुतोष कोईराला
उमेर : २४ बर्ष
ठेगाना : जिल्ला सुनसरी धरान उ.पा.न.पा. वडा नं. १५
हाल : जिल्ला काठमाण्डौ बौद्ध ।
५.
नामथर
:
मिलन मिश्र
उमेर : २४ बर्ष
ठेगाना : जिल्ला मोरङ
उर्लाबारी म.न.पा. वडा नं. ०७
हाल : जिल्ला भक्तपुर
गट्ठाघर ।