“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३
- A
- A-
- A+
घटना विवरण:-
वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा.
वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा
नं. ०८०-C१- ४२२१ र
०८०-C१- ४२२२) मुद्दामा
सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८
(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र
लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६
बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला
कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको ।
निम्नः
नामथर: दुर्गा बहादुर भण्डारी,
उमेर: ५९ वर्ष,
ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं.
६ बौद्ध बस्ने ।
मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र
०८०-C१- ४२२२)
पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध ।
सजायः कैदः ८(आठ) दिन र जरिवाना
रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।