“वैदेशिक रोजगारीको लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८३-०५-१७
- A
- A-
- A+
घटना विवरणः
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दुवई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाडौं काठमाडौं
महानगरपालिका वडा नं.०८ बाट पक्राउ
गरी थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको ।
पक्राउ व्यक्तिको विवरणः-
१. नाम थर
:- अंसगर
नदाफ
उमेर
:- ४० वर्ष
स्थायी वतन
:- जिल्ला महोत्तरी बलवा न.पा. वडा नं.०९ ।
हाल
:- जिल्ला काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं.०८ ।
देश :- दुबई
रकम
:- रु.३,१२,०००।– (तीन लाख बाह्र
हजार)
पक्राउ मिति :- २०८३/०५/१६
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं काठमाडौं महानगरपालिका वडा नं.०८ ।
पीडित संख्या :- २ जना ।