“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४
- A
- A-
- A+
घटना विवरणः
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको
।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- पवन कुमार के.सी.(बिक्रम)
उमेर
:- ३२ वर्ष
स्थायी वतन :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।
हाल :- जिल्ला काठमाडौं
टोखा न.पा. वडा नं.१० ।
देश :- सिंगापुर
रकम :- रु.७,००,०००।– (सात लाख)
पक्राउ मिति :- २०८३/०४/१४
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं का.म.न.पा. वडा नं.१० ।
पीडित संख्या :- २ जना ।
२. नाम थर
:- सुधिर प्रसाद जयसवाल
उमेर :- २१ वर्ष
स्थायी वतन
:- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.
वडा नं.०४ ।
हाल :- जिल्ला काठमाडौं का.म.न.पा.
वडा नं.०३ ।
देश :- साईप्रस
रकम
:- रु.१,००,०००।– (एक लाख)
पक्राउ मिति
:- २०८३/०४/१४ गते ।
पक्राउ स्थान
:- जिल्ला काठमाडौं टोखा न.पा. वडा
नं.०९ ।
पीडित संख्या :- १ जना ।
३. नाम थर :- लक्ष्मी खड्का
उमेर
:- ३८ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक
भुम्लु गा.पा. वडा नं.०२ ।
हाल :- जिल्ला काठमाडौं का.म.न.पा.
वडा नं.२५ ।
देश
:- रोमानिया
रकम :- रु.१,५०,०००।– (एक लाख पचास
हजार)
पक्राउ मिति :- २०८३/०४/१४
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या :- १ जना ।