“बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ”
२०८१-०४-२२
- A
- A-
- A+
नविन तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निरज
श्रेष्ठ र सुरेन्द्रराज सापकोटा भएको बैंकिङ कसुर (मु.द.नं.०७५-CB-०७७६)
मुद्दामा प्रतिवादीहरुलाई ८ दिन कैद, बिगो रु २४,००,०००।- (चौवीस लाख)
जाहेरवालालाई भराई बिगो बमोजिम रु २४,००,०००।–(चौवीस लाख) जरीबाना र क्षतिपुर्ति
बापत पीडित राहतकोषमा रु ९६,०००।–(छयानब्बे हजार) जम्मा गराउने ठहर भई मिति २०७८।०७।१५ गते सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भई निज प्रतिवादीहरु फरार रहेको हुँदा निज
प्रतिवादीहरु मध्येका निरज श्रेष्ठलाई मिति २०८१।०४।२१ गते
अं.१३:३० बजेको समयमा जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं.२२ न्यूरोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ
जिल्ला अदालत, बबरमहल
काठमाण्डौमा पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम: निरज
श्रेष्ठ
उमेर: ५२ बर्ष
ठेगाना: जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं. २
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ लाजिम्पाट