"कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०४-२४
- A
- A-
- A+
मिति २०८०/०३/२० गते अ. १२:३० बजेको समयमा जिल्ला
रामेछाप दोरम्बा शैलुङ गा. पा.बडा नं.-३, घर भई ऐ. ऐ. को सल्यानिभीरमा अ. वर्ष ४१ को
गणेश पाठक मृत फेला परेको घटनाको अनुसन्धानको सिलसिलामा सम्मानित जिल्ला अदालत
रामेछापबाट जारी भएको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रामेछापको लिखित
पत्रानुसार जिल्ला रामेछाप दोरम्बा शैलुङ गा. पा.बडा नं.-३, बस्ने वर्ष १९, को रुजन
श्रेष्ठ वारदात पश्चात फरार रहेकोमा निजको
खोजतलास गर्दा निज जिल्ला भक्तपुर सुर्यविनायक न. पा.वडा नं.-८,दार्जिलिङ हाईटमा
लुकिछिपी बसेको अवस्थामा काठमाण्डौं उपत्यका
अपराध अनुसन्धान कार्यालयबाट खटीई गएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक
कानूनी कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय रामेछाप पठाईएको ।
पक्राउ व्यक्ति
नाम :-
रुजन श्रेष्ठ
उमेर :- १९
वतन : - जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.
पा.बडा नं.-३