प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारमा ईटली पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”

२०८१-०५-२५

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ईटली लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २८ बागबजारबाट मिति २०८१।०५।२५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।

 

पक्राउ व्यक्ति:-

     नाम थर  :-  कर्ण सिंह साउद

उमेर    :-  ३४ वर्ष     

वतन   :- जिल्ला डडेलधुरा नवदुर्गा गा.पा.वडा नं. ०४ ।

हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २९ अनामनगर

बिगो रकम  :- रु. ९,००,०००।– ( अक्षरेपि नौ लाख मात्र )

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २८ बागबजार ।

पीडित संख्या  :- ८ जना

सम्बन्धित समाचार
“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२९

वादी नेपाल सरकार प्रतिवादी भिम प्रसाद निरौला भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।१२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: भिम प्रसाद निरौला   उमेर: ६२ बर्ष   ठेगाना: जिल्ला दार्चुला महाकाली न.पा.वडा नं.४ घर भई हाल जि. ललितपुर  महालक्ष्मी न.पा. वडा नं. ८ बस्ने   बिगो: रु. २०,००,०००/-( बीस लाख रुपैंया )   पक्राउ मिति: २०८२।०३।२८ गते   पक्राउ स्थान:  जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ ईमाडोलअनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø जिल्ला प्रहरी परिसर ललितपुरमा  मिति २०८१।०१।२४ गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।         

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२७

वादी नेपाल सरकार प्रतिवादी शिव शंकर बराल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।१९ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: शिव शंकर बराल   उमेर: ६२ बर्ष   ठेगाना: जिल्ला महोत्तरी बर्दिवास न.पा.वडा नं.६ घर भई हाल जि.काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन बस्ने   बिगो: रु. २०,००,०००/-(बीस लाख रुपैंया)   पक्राउ मिति: २०८२।०३।२७ गते   पक्राउ स्थान:  जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू: Ø प्रहरी वृत्त बौद्ब काठमाण्डौमा  मिति २०८२।०१।१२ गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।     

"वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२७

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- बिमला दनुवारउमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं.०९ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश             :- अल्बानियाविगो रकम    :- रु. ८,००,०००।-(आठ लाख)पक्राउ मिति  :- २०८२/०३/२६ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । पीडित संख्या :- ४ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- राम कुमारी रोक्का मगर उमेर           :- ४८ वर्षस्थायी वतन :- जिल्ला कास्की पोखरा  म.न.पा. वडा नं.२६ ।हाल           :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१ । देश            :-  अल्बानियाविगो रकम   :- रु.२,००,०००।-(दुई लाख)पक्राउ मिति  :- २०८२/०३/२६ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

“डलर साटीदिन्छु भनि ठगी गर्ने मानिसहरु पक्राउ”
२०८२-०३-२७

पीडितलाई ९७६२६३४८६१ नम्बरको मोवाईलबाट सम्पर्क गरी आफुसंग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनी विभिन्न परिपन्च गरी मिति २०८२/०३/२२ गते जिल्ला भक्तपुर चागुँनारायण न.पा.वडा नं. ४ हलछाप स्थित एकान्त जंगलमा लगी समुहमा रहेका ५/६ जना व्यक्तिहरुले एक्कासी पीडितको मुख थुनी नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आईफोन मोबाईल र नगद रु.७,००,०००।- (सात लाख) जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले मिति २०८२।०३।२६ गते  भक्तपुर जिल्लाको बिभिन्न स्थानबाट घटनामा प्रयोग भएको मोटरसाइकल लगायतका निम्न दसीहरू सहित पक्राउ गरी निजहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।पक्राउ व्यक्तिहरूको विवरण:- १.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष २८ को  पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन ।२.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३  धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष २५ को प्रकाश तामाङ भन्ने सुर्य बहादुर पाइन ।३.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३  धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष ३६ को सागर भन्ने सन्तबिर पाइन । ४.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ धार्पा घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १६ धापाखेल बस्ने बर्ष ३५ को बिष्णु कुमार रुम्बा ।बरामद सामान:-बा ७६ प ५९३१ नम्बरको स्कुटर ।बागमति प्रदेश ०२-०५३ प २७८० नं. पल्सर मोटरसाईकल ।रु. ७,२०००।- रकम उल्लेख भएको चेक थान १ ।नेपाली रू.६४,०४०।- (चौँसठ्ठी हजार चालिस रुपैया) ।रकम जम्मा गरेको ग्लोवल आई.एम.ई वैकको रसिद थान १ विभिन्न कम्पनीका मोबाइलहरू थान-१० ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरु पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- सजु श्रेष्ठउमेर           :- ४३ वर्षस्थायी वतन :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.०८ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश             :- सर्वियाविगो रकम    :- रु. २०,००,०००।-(बिस लाख)पक्राउ मिति  :- २०८२/०३/२४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- ३ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- नारायण लाम्ताङ्गेउमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा. वडा नं.०६ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । देश            :-  ग्रीसविगो रकम   :- रु.१६,५०,०००।-(सोह्र लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०३/२४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२३

वादी सन्तोष खत्री प्रतिवादी रोलक भट्ट भएको चेक अनादर मुद्दामा (मु.नं.०८०-C४-०२६३) सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८१।०१।१८ गतेको फैसला बमोजिम प्रतिवादीबाट भराई पाउने ठहरेको बिगो रकम बापतको २ (दुई) बर्ष कैद हुने गरी सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०८१।१०।०४ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: रोलक भट्ट   उमेर: ४० बर्ष  ठेगाना: जिल्ला गोरखा सहिद लखन गा.पा. वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ सुदर्शन हाइट बस्ने  सजाय: बिगो वापत २ बर्ष कैद,  बिगो: रु. १,८६,००,०००/-(एक करोड छयासी लाख)  पक्राउ मिति: २०८२।०३।२३ गते   पक्राउ स्थान:  जिल्ला काठमाण्डौ टोखा न.पा. वडा न. ६ सुदर्शन हाइटअनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू:Ø प्रतिवादी रोलक भट्ट जिल्ला प्रहरी परिसर, काठमाण्डौमा मिति २०७९।०८।२९ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रतिवादी रोलक भट्टले आफ्नो नाम, थर वतन ढाँटी बिभिन्न व्यक्तिहरुको नामको नागरिकतामा आफ्नो फोटो टाँसी जिल्ला प्रशासन कार्यालय गोरखाबाट ना.प्र.नं.४४१०१४/६०१ मिति २०७९।०८।२५ गते रोलक भट्टको नामबाट प्रथम प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय गोरखाबाट ना.प्र.नं.७६३५० मिति २०५८।०१।२९ गते राजन अधिकारीको नामबाट दोस्रो प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय गोरखाबाट ना.प्र.नं.७७२४० मिति २०५७।०२।०१ गते नारायण अधिकारीको नामबाट प्रथम प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ना.प्र.नं.४०१०४०/१४४४ मिति २०६६।१२।३१ गते नारायण प्रसाद अधिकारीको नामबाट प्रथम प्रतिलिपि नागरिकता लिएको खुल्न आएको हुँदा सो उपर समेत अनुसन्धान भइरहेको