“वैदेशिक रोजगारमा टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-०८
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा टर्की लैजाने भन्दै पीडितलाई लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
लिला बहादुर खड्का
उमेर :- ५१ वर्ष
वतन :- जिल्ला कपिलवस्तु
बाणगंगा न.पा . वडा नं. ०७ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।
बिगो रकम :- रु. ७,००,०००।– ( अक्षरेपि सात लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३
बाफल ।
पक्राउ मिति :- २०८१।०६।०८ गते ।
पीडित संख्या :- १ जना