“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१८
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई
लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :- हरक सिंह धामी
उमेर :- २७ वर्ष
वतन :- जिल्ला
दार्चुला ब्यास न.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं. ०२ ।
बिगो रकम :- रु. १,४०,०००।– ( अक्षरेपि एक लाख चालिस
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं. ०२
नयाँबजार ।
पक्राउ मिति :- २०८१।०६।१८ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :-
हरि रम्तेल
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला धादिङ
ज्वालामुखी गा.पा. वडा नं. ०४ ।
हाल :- ललितपुर जिल्ला
ललितपुर म.न.पा. वडा नं. ०९ ।
बिगो रकम :- रु. १,५०,०००।– ( अक्षरेपि एक लाख पचाँस हजार
मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु
।
पक्राउ मिति :- २०८१।०६।१८ गते ।
पीडित संख्या :- १ जना