“SMS गरी धाक धम्की दिई पैसा माग गर्ने व्यक्ति पक्राउ”
२०८१-०७-०६
- A
- A-
- A+
चिनीयाँ नागरिकले सञ्चालन गरेको Xishuan Yang textile pvt Ltd कम्पनीको म्यानेजरको मोबाइलमा SMS गरी रकम माग गरेको, रकम नदिएमा Company मा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरी यस कार्यालयमा
प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको अनुसन्धान टोलीले उक्त धम्की दिने
व्यक्तिलाई मिति २०८१।०७।०५ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ कागेश्वरी
मनोहरा न.पा. वडा नं. ८ स्थित सोही कम्पनीबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्ति:
नाम थर :- पदम भन्ने आकाश तामाङ
उमेर:- ३२ वर्ष
स्थायी वतन:- जिल्ला सिन्धुपाल्चोक ज्यामिरे गा.बि.स. वडा नं. ८
हाल :- जिल्ला काठमाण्डौ कागेश्वरी
मनोहरा न.पा. वडा नं. ८
अनुसन्धान बाट खुल्न आएका कुराहरु
मिति २०८१।६।२१ गते राती २०:४० बजेको समयमा मोवाइल नम्बर ९८४०९२००२७ मा Xishuan Yang textile pvt.Ltd मा लेवरको काम गर्ने
कर्मचारी पदम भन्ने आकाश तामाङले अपरिचित मोवाइल नम्बर ९८०८०५०८५३ बाट हाम्रो पाटीलाई रु १,५०,०००।- देखि रु २,००,००० सम्म सहयोग गर्नु पर्यो सो रकम नदिएमा बम
बिष्फोट गराई क्षेती गराई दिने भन्ने व्यहोराको SMS गरेको खुल्न
आएको