“अवैध रुपमा सुनको कारोबार गर्ने ब्यक्तिहरू पक्राउ”
२०८१-०७-०८
- A
- A-
- A+
काठमाण्डौ उपत्यकाको न्यूरोड
लगायत बिभिन्न स्थानहरूमा अवैध रूपमा भन्सार छली गरिएका बिल बिजक
बिनाका सुन बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट
खटिएको बिशेष अनुसन्धान टोलिले मिती २०८१।०७।०७ गते का.जि.का.म.न.पा. वडा नं.२२
न्युरोड स्थितमा शंकास्पद
तवरले हिडडुल गरिरहेका आनन्द साहुलाई फेला पारी निजको शरीर खानतलासी गर्दा बिल बिजक
बिनाको ११६.४५ ग्राम सुन फेला पारी बरामद गर्नुका साथै निजलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त सुन भारत पश्चिम बंगाल
कलकत्ता, पश्चिम मेदिनीपुर घर भई हाल
का.जि.का.म.न.पा. वडा नं. २५ बाँगेमुढा बस्ने बर्ष ३५ को प्रशन्जित बेराको भएको
भन्ने खुलाई दिएकोले निज प्रशन्जित बेरालाई समेत मिति २०८१।०७।०८ गते पक्राउ गरी
बरामद सुन सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय,
गौचर काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरू :
१. नाम : प्रशन्जित
बेरा
उमेर : ३५ बर्ष
ठेगाना : भारत पश्चिम बंगाल कलकत्ता, पश्चिम
मेदिनीपुर
हाल : का.जि.
का.म.न.पा.२५ बाङ्गेमुढा
२. नाम : आनन्द साहु
उमेर : ३० बर्ष
ठेगाना
: भारत पश्चिम बंगाल,
मेदनापुर जिल्ला समङ थाना
हाल
: का.जि.
का.म.न.पा.२५ बाङ्गेमुढा
बरामद सामानहरुः
१.
सुन - ११६.४५ ग्राम
२.
मोवाईल थान - १