प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ठगी कसुर मुद्दाका प्रतिवादीहरु पक्राउ "

२०८१-०७-१६

  • A
  • A-
  • A+
Share


घटना विवरण :


वादी नेपाल सरकार प्रतिवादी जिल्ला गोरखा साविक  बोर्लाङ गा.वि.स. वडा नं. ०४  हाल परिवर्तित भिमसेनथापा गाउँपालिका वडा नं.७ स्थायी ठेगाना भई काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. २ बस्ने कृष्ण प्रसाद ढकालकी छोरी अच्युत रिजालकी श्रीमती बर्ष  ३४ की रमा ढकाल समेत भएको ठगी( बिगो रु.१,९२,२८,५७०/-, अक्षेरुपी एक करोड बयानब्बे लाख अठ्ठाईस हजार पाँच सय सत्तरी रुपैया) कसुर मुद्दामा सम्मानित नवलपरासी जिल्ला अदालत, परासीबाट मिति २०८१।०४।१४ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०७।१४ गते अन्दाजी १४:३० बजे काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं.२ पञ्चेटारमा फेला पारी कानून बमोजिम पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८१।०७।१५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको ।

 

पक्राउ व्यक्तिहरु:-

१.      नामः रमा ढकाल

 उमेर : ३४ वर्ष

ठेगानाः जिल्ला गोरखा साविक बोर्लाङ गा.वि.स. वडा नं. ०४ हाल परिवर्तित भिमसेनथापा गाउँपालिका वडा नं.७    स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. २ बस्ने  

 

२.     नाम: रवि रिजाल ।

उमेर: ३४ बर्ष

ठेगाना: जिल्ला नुवाकोट साविक नर्जामण्डप गा.वि.स. वडा नं. २ हाल परिवर्तित तादी गाउपालिका वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. २ बस्ने  

सम्बन्धित समाचार
“ वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०८-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- कल्पना कुँवरउमेर    :-   ४२ वर्ष      वतन   :- जिल्ला कपिलवस्तु बाणगंगा  न.पा. वडा नं. ०८ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर ।बिगो रकम  :- रु. ३,३०,००० ।– (तीन लाख तिस हजार ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकु । पक्राउ मिति :- २०८१।०८।१२ गते ।          पीडित संख्या  :- १ जना

“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०८-१३

टिका गिरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नवराज गिरी भएको बैंकिङ कसुर (बिगो रू.२५,००,०००।– पच्चिस लाख) मुद्दामा फरार रहेका जि.काभ्रेपलान्चोक साबिक बास्डोल गा.पा.वडा नं.०५ हाल परिवर्तित बनेपा न.पा. वडा नं.०५ घर भई हाल का.जि. का.म.न.पा वडा नं.३२ पेप्सीकोला बस्ने वर्ष ६१ को नवराज गिरीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।१२ गते का.जि.का.म.न.पा वडा नं.३२ पेप्सीकोलाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको ।पक्राउ प्रतिवादी :   नाम :  नवराज गिरी   उमेर : ६१ वर्ष    ठेगाना : जि.काभ्रेपलान्चोक, बनेपा न.पा.वडा नं.०५     हाल : का.जि. का.म.न.पा वडा नं.३२ पेप्सीकोला

“Honey Trap मा संलग्न व्यक्तिहरु पक्राउ”
२०८१-०८-१२

आपराधिक लाभ लिने उद्देश्यले योजना बनाई मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं. ४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी बस्ने अं. बर्ष २६ कि बर्षा दर्जीले घाउ ड्रेसिङको लागि Online बाट सम्पर्क गरी आफु एक्लै भएको अवस्थामा मिति २०८१।०८।०६ गते १३:०० बजेको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई रु १८,००,०००।–(अठार लाख) बाट  Bargaining गर्दै रु ८,००,०००।–(आठ लाख) दिए कुरा मिल्‍छ भनि Blackmail गरी रकम असुली गरेको भन्ने सूचना प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न बर्ष २५ की समृदी मगर, बर्ष ३० को दिपेन्द्र दर्जीलाई मिति २०८१।०८।११ गते र बर्ष २५ की बर्षा दर्जीलाई मिति २०८१।०८।१२ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ बाट पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको ।अनुसन्धानबाट खुल्न आएका कुराहरु:Ø  बर्षा दर्जीले समाजिक संजाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङको आई दिनु पर्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको ।Ø  बर्षा दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको र निज बर्षा दर्जीले आफ्नो ढोकाको चुकुल लगाई पीडितलाई कोठामा राखेको ।Ø  पीडितले ढोकाको चुकुल खोली बाहिर निष्किदै गर्दा समृदी मगर भन्ने अर्को एक जना महिला आई पीडित संग कुरा गर्नु छ भनि कोठा भित्र लगि जबरजस्ती करणी मुद्दामा फसाइ दिउ की सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको ।Ø  रु १८,००,०००।-(अठार लाख) देखी रकमको Bargaining गरी रु ८,००,०००।–(आठ लाख) दिने शर्तमा कुरा मिलाइ जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ कौशलटारमा रहेको Wave Sekuwa Corner मा मिति २०८१।०८।११ गते बिहान अं.११:०० बजेको समयमा रु २५,०००।– नगद दिपेन्द्र दर्जी र समृदी मगरले लिएको र समृदी मगरले दिएको सिदार्थ बैंकको  QR खातामा रु २५,०००।–(पचिस हजार) थप जम्मा गरेको ।Ø  मिति २०८१।०८।११ गते बेलुका अं. १६:०० बजे सोही स्थानमा रु ७५,०००(पचहत्तर हजार)को चेक लिएको ।Ø  उक्त कार्य सम्बन्धित व्यक्तिहरुले संगठित रुपमा गर्ने गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको र एक जना व्यक्ति हाल फरार रहेको ।              बरामद सामाग्री:१.   NIC ASIA बैंकको बर्षा दर्जीको नाममा काटी दिएको रु ७५,०००।–(पचहत्तर हजार)को चेक थान-१२.  नगद रु १००० थान-१ र रु ५०० को थान-३९ गरी जम्मा रु २०,५००।–(बिस हजार पाँच सय)३.  बिभिन्न कम्पनीको मोबाईल थान-४              पक्राउ व्यक्तिहरु:      १.   नाम:- समृदी मगर                 उमेर:- २५ बर्ष                  ठेगाना :- जिल्ला ईलाम दानवारी गा.बि.स.वडा नं.९ परिवर्तित माई न.पा.१                  हाल:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी               २.  नाम:- दिपेन्द्र दर्जी                   उमेर:-३० बर्ष                  ठेगाना:- जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं.४ कोशीपारी                  हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भू               ३.  नाम:- बर्षा दर्जी                  उमेर:- २५ बर्ष                   ठेगाना:- जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं.४ कोशीपारी                   हाल:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी पुनश्च:- निज दिपेन्द्र दर्जी ज्यान सम्बन्धी कसुर(कर्तब्य ज्यान)मा मिति २०७१ सालमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको ।

“५५ करोड वरावरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने व्यक्ति पक्राउ”
२०८१-०८-१२

Betting Application मार्फत विश्वभर सञ्चालन हुने बिभिन्न Online game हरु अन्तर्गत जुवा (सट्टाबाजी) गर्ने / गराउने गरी रकम संकलन गर्ने, Crypto currency Trade गर्ने लगायतका गैर कानूनी कार्यहरु भइरहेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले 1xBetting कारोवारमा संलग्न जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा ७५ वटा बैक खाता, १२८ वटा ईसेवा वालेट, Binance ID प्रयोग गरी हाल सम्म रु. ५५,२०,८४,०७१।- (पचपन्न करोड बिस लाख चौरासी हजार एकहत्तर) बराबरको कारोबार गरेको खुल्न आएको । निजको शरिर तथा कोठा खानतलासी गरी निम्न उल्लेखित विभिन्न सामानहरु समेत बदामद गरी निज सुनिल राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर , ललितपुर पठाइएको ।पक्राउ व्यक्ति:-१.   नामथर  : सुनिल राई   उमेर      : ३७ बर्ष   ठेगाना   : जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं. ७    हाल     : जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोलअनुसन्धानबाट खुल्न आएका तथ्यहरुØ पक्राउ परेका सुनिल राईले  बिभिन्न व्यक्तिको नामका नागरिकता प्रमाणपत्रको समेत प्रयोग गरी ७५ वटा बैंक खाता खोली सोही खाताको KYC Form मा समेत आफ्नै फोटो टाँसी झुक्यानमा पारी Debit Amt: 37,20,96,282.21, Credit Amt : 37,26,62,357.1 वरावरको कारोवार गरेको खुल्न आएको । Ø पक्राउ परेका सुनिल राईले फरक-फरक व्यक्तिहरुको नामबाट 128 वटा  eSewa Wallet  खोली सोही eSewa फरक-फरक Device बाट Active  गरी  Debit Amt: 11,67,19,190.54 Credit Amt: 11,70,97,522.61 वरावरको कारोवार गरेको खुल्न आएको ।Ø निज सुनिल राईले Binance ID खोली User ID: 423706609  User Name : MDS_stream  रहेको सोहि ID मा Estimated Balance 0.00306464=$284.20 सोहि ID खोलि हेर्दा Total withdraw USDT : 460898.2136, Current Balance  USDT:  284.2 गरी Exchange rate अनुसार हाल 6,23,24,191.3770122 बराबरको कारोबार गरेको खुल्न आएको । Ø पक्राउ परेका सुनिल राईले 25 भन्दा बढी Gmail Account खोली “1xbet मा प्रयोग गर्ने गरेको खुल्न आएको ।Ø बिभिन्न स्थान कोठा लिई लुकिछिपि, हुलियाँ परिवर्तन गरी 1xbetiig  खेल्ने गरेको खुल्न आएको ।बरामद सामानहरुको विवरणः१.      विभिन्न कम्पनीका ल्यापटप थान-२, २.     विभिन्न मोडेलका मोबाइल सेट थान-८३.     Ncell कम्पनीका सिमकार्ड थान-७०४.     NTC कम्पनीका सिमकार्ड थान-५५.      Wi-Fi Router थान-२६.      विभिन्न व्यक्तिहरुको नाममा रहेका नागरिकता प्रमाणपत्र थान-११,७.     विभिन्न व्यक्तिहरुको नाममा रहेका राहदानी थान- १५८.     विभिन्न व्यक्तिहरुको नाममा रहेका बैक खाताका चेकबुक थान-२२९.     विभिन्न व्यक्तिहरुको नाममा रहेका बैक खाताका ATM Card थान-४२ १०. मो.सा. थान-१

“ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०८-१२

जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं.१९ बस्ने वर्ष ४१ को राजन महर्जनको सिटिजन्स बैङ्कको खाताबाट अपरिचित व्यक्तिले रु. ४,००,०००।–(चार लाख) रकम Scam गरि  ठगी गरेको भन्ने जाहेरी उपर अनुसन्धान तथा संलग्न  व्यक्तिको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा तथा पाँचथरको समन्वयमा मिति २०८१।०८।०९ गते जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. १ शनिवारे चोक बाट पवन भन्ने प्रकाश श्रेष्ठ लाई नियन्त्रणमा लिई यस कार्यालयमा उपस्थित  गराई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौं पठाइएको । बरामद सामाग्री:NCELL कम्पनीको सिम कार्ड थान-७०बिभिन्न कम्पनीको मोबाईल थान-३HP कम्पनीको ल्यापटप थान-१WD Blue लेखिएको 1.0TB को SSD थान-१पक्राउ व्यक्ति:नाम:- पवन श्रेष्ठ भन्ने प्रकाश श्रेष्ठउमेर:- १९ बर्षठेगाना:- जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं.२ हाल:- जिल्ला झापा दमक न.पा. ६ श्रीपाली

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०८-११

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-     नाम थर  :- सुवर्ण कुमार बलउमेर    :-   ३९ वर्ष      वतन   :- जिल्ला मकनवानपुर बकैया  गा.पा. वडा नं. ०५ ।हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं. ०५ सितापाइला ।बिगो रकम  :- रु. १५,००,०००।– (पन्ध्र लाख) देश    :-  क्रोएसिया  पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१३ बाफल । पक्राउ मिति :- २०८१।०८।१० गते ।पीडित संख्या  :- १ जना                नाम थर  :- मनिषा कुमारीउमेर    :-   २८ वर्ष      वतन   :- जिल्ला सर्लाही ब्रम्हपुरी गा.पा. वडा नं. ०३ ।हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ ।बिगो रकम  :- रु. २,४५,०००।– (दुई लाख पैँतालिस हजार) देश    :-  दुवईपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ नयाँबसपार्क ।पक्राउ मिति :- २०८१।०८।११ गते । पीडित संख्या  :- १ जना