“वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-०१
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी
ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१२, टेकुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- युवराज
घिमिरे
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं.४ ।
हाल :- काठमाण्डौं
जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.१० ।
बिगो रकम :-
रु. १,००, ०००।- (एक लाख )
देश :- अल्बानिया
पक्राउ मिति :- २०८१।१२।०१ गते ।
पीडित संख्या :- १ जना