प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“धम्की दिई रू.२० लाख माग गर्ने व्यक्ति पक्राउ”

२०७८-०९-२५

  • A
  • A-
  • A+
Share

विभिन्न मोवाईल नम्बरहरूबाट फोन तथा म्यासेज गरी रु. २० लाख माग्नुका साथै नदिएमा ज्यान समेत लिने धम्की दिने कार्यमा संलग्न जिल्ला बारा, निजगढ न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ, चन्द्रागिरी न.पा. वडा नं.०९ मच्छेगाँउ बस्ने बर्ष २६ को संजिब भन्ने पदम काफ्लेलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।०९।२१ गते का.जि.कलंकीबाट पक्राउ गरि आवश्यक अनुसन्धान पश्चात: आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसुरमा थप अनुसन्धानको लागि मिति २०७८।०९।२२ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएकोमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप भएको ।
पक्राउ व्यक्ति :
नाम : पदम काफ्ले (संजिब)
उमेर : २६ वर्ष
ठेगाना : जिल्ला बारा, निजगढ न.पा. वडा नं. ११
हाल : का.जि.चन्द्रागिरी न.पा. वडा नं.०९
मितिः २०७८।०९।२२ गते ।

सम्बन्धित समाचार
“ बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ ”
२०८१-०२-१६

कबिर शाही समेतको जाहेरीले ५ वटा बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनको फैसलाले रु ३२,२०,०००।– विगो वापतको रकम, १८ दिन कैद र रु १,२८,८००।– जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा  तामाकोशी गा.पा. वडा नं. १ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली बस्ने ईश्वर प्रसाद काफ्ले तथा सुरेश काजी श्रेष्ठ समेतको जाहेरीले ७ वटा बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनको फैसलाले रु ३७,००,०००।– विगो वापतको रकम, १७ दिन कैद र रु १,५८,२८०।– जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला रौतहट फतुवाविजयपुर न.पा.वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ बस्ने राजेन्द्र क्षेत्री खरेललाई मिति २०८१।०२।१६ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौमा पठाईएको । पक्राउ ब्यक्तिहरु:नाम: ईश्वर प्रसाद काफ्ले उमेर: ४१ बर्षठेगाना: जिल्ला दोलखा  तामाकोशी गा.पा. वडा नं. १ हाल: जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली नाम: राजेन्द्र क्षेत्री खरेल  उमेर: ३८ बर्षठेगाना: जिल्ला रौतहट फतुवाविजयपुर न.पा.वडा नं. ११ हाल: जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७

“रातको समयमा डाँका चोरी गर्ने व्यक्ति पक्राउ”
२०८१-०२-१६

    घटना विवरण:-                       मिति २०८१/०२/१३ गते रातीको २३:०० बजे का.जि.बु.न.पा.वडा नं.१२ कपन मुस्कान चोक नजिक सोहील बाह्रबिसे सुनचाँदी पसलका सञ्चालक जय बिक्रम बि.क. लाई निजकै डेरा कोठाबाट हामी अनुसन्धान कार्यालयका सादा पोसाकका प्रहरी हो तपाईको पसल अनुसन्धान गर्न आएका हौ भनि ३/४ जनाको समुहले बोलाई पसल खोल्न लगाई निजलाई कुटपिट गरी पसलमा रहेका सुनका बिभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाईल लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं. ३ स्थायी घर भई हाल का.जि.गोकणेश्वर न.पा.वडा नं.३ अत्तरखेल बस्ने वर्ष ४८ को भाग्यराम पाईन लगायतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएकोले निजलाई यस कार्यालयबाट खटिई गएको प्रहरी टोलिले मिति २०८१/०२/१४ गते दिउँसोको १७:०० बजेको समयमा का.जि गोकणेश्वरबाट चोरी गरी लगेको केही सुनका गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत वौद्ध पठाईएको ।            साथै डाँका तथा चोरी कार्यमा संलग्न अन्य नामथर, वतन नखुलेका ३ जना मानिसहरु फरार रहेका । पक्राउ प्रतिवादी :- १. नाम :- भाग्यराम पाईन  उमेर :- ४८ वर्षठेगाना :- जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा.वडा नं. ३हाल :- का.जि.गोकणेश्वर न.पा. ३ अत्तरखेल पुनश्च :- निज भाग्यराम पाईन मिति २०७०/०८/२९ गते ज्यान मार्ने उद्दोग कसुरमा पक्राउ परी ४ वर्ष कैद भुक्तान गरी छुटेको । बरामद सामानको विवरण र फोटो :- १. सुन जस्तो देखिने पहेलो रङको धातु थोरै पोते सहितको तौल गर्दा १६ ग्रामको जन्तर थान १ २. सुन जस्तो देखिने पहिलो रङको धातु थोरै रहेको पोते सहितको तौल   गर्दा १४ ग्रामको जन्तर थान १३. जन्तर पछाडी प्रयोग हुने पित्तलको भाग मात्र वाँकी रहेको पोते सहितको तौल गर्दा ७० ग्राम थान ७४. पित्तलको भाग मात्र बाँकी रहेको U आकारको लकेट तौल गर्दा १४ ग्राम थान १‍५. पित्तलको भाग मात्र बाँकी रहेको मंगलसुत्र तौल गर्दा २ ग्राम थान १ ‍६. ५० को दरको अमेरिकन डलर थान ६ को ३०० USD र Infinix कम्पनिको मोबाईल थान १

“आपराधिक लाभ (Extortion) लिने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-१६

विभिन्न सामाजिक संजाल मार्फत महिलाहरूसँग चिनजान गर्नुका साथै भेटघाट समेत गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध स्थापित गरी सोको गोप्यरूपमा फोटो तथा भिडियो खिची उक्त फोटो भिडियो निज तथा निजका आफन्तहरूलाई विभिन्न माध्ययमद्वारा पठाई दिन्छु भनि रकम माग गर्ने तथा पुनःशारीरिक सम्बन्ध स्थापित गर्नको लागि वाध्य पारी आपराधिक लाभ (Extortion) लिने कार्यमा संलग्न सन्तोष किसानलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।१४ गते का.जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वरबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।          पक्राउ व्यक्ति :नाम :  सन्तोष किसान उमेर : ३० बर्ष ठेगाना : म्याग्दी न.पा.वडा नं.०५, म्याग्दी । हाल : का.जि.का.म.न.पा.वडा नं.३६ नयाँ बसपार्क ।

बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०२-१६

घटना विवरण :    वादी नेपाल सरकार प्रतिवादी जि.दोलखा साविक झ्याकु गा.वि.स. वडा नं. ९ को हाल परिवर्तित गौरीशंकर गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.९ गोठाटार बस्ने मोहन बहादुर बस्नेतको छोरा बर्ष ४१ को नवराज बस्नेत भएको बैंकिङ कसुर मुद्धामा सम्मानित चितवन जिल्ला अदालत, भरतपुर, चितवनबाट मिति २०८१।०१।३० गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।१४ गते  अन्दाजी २०;३० बजे जिल्ला काठमाण्डौं कागेश्वरी मनहरा न.पा. वडा नं.९ गोठाटारबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०२।१५ गते जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको ।  पक्राउ व्यक्तिः-नामः नवराज बस्नेत । उमेर : ४१ वर्ष ठेगानाः  जि.दोलखा साविक झ्याकु गा.वि.स. वडा नं. ९ परिवर्तित हाल गौरीशंकर गा.पा.वडा नं.३ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं. ९ गोठाटार बस्ने  ।

"अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०२-१३

सामाजिक संजाल Faceboook, telegram, लगायतका Apps हरुको माध्यमबाट साथी बनाई कुराकानी गरी अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा रु. 2,16,000।- रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेका निम्न व्यक्तिलाई का.जि बानेश्वरबाट मिति २०८१।०२। ११ गते पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको । पक्राउ परेका व्यक्ति: १.  नाम थर: विज्ञान घर्तीमगर     उमेर: १९ बर्ष     स्थायी ठेगाना: जिल्ला रोल्पा माडी गा।पा वडा नं. ६     अस्थायी ठेगाना:  जिल्ला काठमाण्डौं कोटेश्वर बस्ने ।अनुसन्धानको क्रममा खुल्न आएका कुरा: Ø विज्ञान घर्तीमगरको साथमा रहेको IMEI No : 350020921164632/350108671164637 Galaxy A04e Device मोबाईल सेटमा Binance App Installation गरी ID Create गरेर Approx Total Volume 7.15791838 BTC  ( ने.रु १,५१,७५,०७४।– (अक्षरुपी एक करोड एकाउन्न लाख पछहत्तर हजार चौहत्तर) कारोबार गरेको खुल्न आएको ।

“ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धाका प्रतिवादी पक्राउ"
२०८१-०२-११

जनम अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न.पा. १४ घर भई काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने अबिराम बि.क.को छोरा बर्ष ३६ को मनिश कार्की भनेर चिनिने मनिलाल बि.क. भएको “ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर” मुद्दामा सम्मानित कास्की जिल्ला अदालत, कास्कीबाट मिति २०८१।०१।०२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०९ गते अं १५;०० बजे काठमाण्डौं जिल्ला का.म.न.पा. वडा १५ स्वयम्भुमा फेला परेकोले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०२।१० गते जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको । पक्राउ व्यक्तिः-नामः मनिश कार्की भनेर चिनिने मनिलाल बि.क. । उमेर : ३६ वर्ष ठेगानाः जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न.पा. १४ घर भई काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने ।