“वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-०७
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०६, सरस्वती
कोलोनीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१. 
नाम
थर           :-    प्रकाश
बहादुर सिंह  
उमेर                :-    ५१ वर्ष     
वतन                :-   जिल्ला
सुर्खेत बिरेन्द्रनगर न.पा. वडा नं.०९ ।
हाल                :-    काठमाण्डौं
जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०९ ।  
बिगो रकम        :-
   रु. ७,७०,०००।- (सात लाख सत्तरी हजार ) 
देश                 :-    माल्टा
पक्राउ मिति      :-    २०८१।१२।०६ गते ।
पक्राउ
स्थान      :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा
नं.०६ ।  
पीडित
संख्या    :-    १
जना   
