“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१२-३०
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित
कार्यालयहरुमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- ख्याम खड्का उमेर :- ३५ वर्ष स्थायी वतन :- जिल्ला इलाम चुलाचुली गा.पा. वडा नं.०३ । हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.२९ । बिगो रकम :-रु.३६,००,०००।- (छत्तिस लाख) देश :- यु.के. पक्राउ मिति :- २०८१/१२/३० गते । पक्राउ स्थान
:-जिल्ला ललितपुर महालक्ष्मी
न.पा. वडा नं.०८ । पीडित
संख्या :- २ जना पठाइएको कार्यालय:- जिल्ला
प्रहरी परिसर,भद्रकाली
काठमाण्डौं |
२.
नाम
थर :-इश्वर पोखरेल उमेर :- २३ वर्ष स्थायी वतन :- जिल्ला मोरङ ग्रामथान गा.पा. वडा नं. ०६ । हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३० । बिगो रकम :- रु. १०,५१,०००।-(दश लाख एकाउन्न हजार) देश :- क्यानडा पक्राउ मिति :- २०८१/१२/२९ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४
। पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं |