प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“AT Alert मार्फत Phishing Link पठाई E-Sewa को रकम चोरी गर्ने व्यक्ति पक्राउ”

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

              विभिन्न व्यक्तिहरुलाई  SMS मार्फत The Alert, AT Alert जस्ता Phishing Link पठाई तपाईको खाता Suspend हुन लागेको भनी चेतावनी दिई Verify को लागि लिंक खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४००० भन्दा बढी व्यक्तिहरुको ईसेवामा रहेको मौज्दात रकम Pashupati Global Innovation Private Limited को Merchant खाताहरुमा रु. १,०२,००,०००।– बराबरको रकम Transfer गरी रकम चोरी गर्ने कार्यमा संलग्न निम्न अनुसारको व्यक्तिलाई मिति २०८२।०१।०२ गते जिल्ला काठमाण्डौ कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाईएको ।


पक्राउ व्यक्ति:-

     नामथर: राहुल बुढा

उमेर: २२ बर्ष

ठेगाना: जिल्ला कन्चनपुर कृष्णपुर न.पा. वडा नं. ०१ घर भई हाल काठमाण्डौ अनामनगर बस्ने ।

सम्बन्धित समाचार
“ कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी पक्राउ ”
२०८३-०५-१७

घटना विवरण:-मिति २०७९।१०।०९ गते रातको अन्दाजी ०१:३५ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित संभाव्यता बहुउद्देश्य सहकारी संस्थाको ढोका फोडी उक्त सहकारीमा रहेको भल्ट फुटाई डाँका चोरी गरेको कसुरमा पक्राउ परी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा कैद भुक्तान गरी रहेका कैदी सागर तामाङ भन्ने बिजय मोक्तान मिति २०८२।०५।२४ गतेको प्रदर्शनको क्रममा उक्त कारागारबाट भागी फरार रही काठमाडौं जिल्लाको वडा एरियामा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३।०५।१६ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३ बाट पक्राउ गरी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाईएको ।  पक्राउ कैदीको विवरणः-१.     नामथरः- सागर तामाङ भन्ने बिजय मोक्तानउमेरः- ३० वर्ष ठेगानाः- जिल्ला मकवानपुर इन्द्रसरोबर गा.पा. वडा नं. ५हालः- जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३मुद्दाः- डाँका चोरी सम्मानित जिल्ला अदालत भक्तपुरबाटः- ५ बर्ष कैद र रु. ५०,०००।– जरिवाना भएकोमा कैद भुक्तान गर्न बाँकी २ बर्ष ६ महिना रहेको । 

“वैदेशिक रोजगारीको लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८३-०५-१७

घटना विवरणः  बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दुवई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाडौं काठमाडौं   महानगरपालिका  वडा नं.०८ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको ।  पक्राउ व्यक्तिको विवरणः-१.  नाम थर       :- अंसगर नदाफ उमेर             :- ४० वर्ष  स्थायी वतन    :- जिल्ला महोत्तरी बलवा न.पा. वडा नं.०९ ।  हाल             :- जिल्ला काठमाडौं काठमाडौं  महानगरपालिका  वडा नं.०८ ।     देश              :- दुबई     रकम            :- रु.३,१२,०००।– (तीन लाख बाह्र हजार)     पक्राउ मिति   :- २०८३/०५/१६ गते ।     पक्राउ स्थान   :- जिल्ला काठमाडौं काठमाडौं  महानगरपालिका  वडा नं.०८ ।      पीडित संख्या :- २ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।