प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“AT Alert मार्फत Phishing Link पठाई E-Sewa को रकम चोरी गर्ने व्यक्ति पक्राउ”

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

              विभिन्न व्यक्तिहरुलाई  SMS मार्फत The Alert, AT Alert जस्ता Phishing Link पठाई तपाईको खाता Suspend हुन लागेको भनी चेतावनी दिई Verify को लागि लिंक खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४००० भन्दा बढी व्यक्तिहरुको ईसेवामा रहेको मौज्दात रकम Pashupati Global Innovation Private Limited को Merchant खाताहरुमा रु. १,०२,००,०००।– बराबरको रकम Transfer गरी रकम चोरी गर्ने कार्यमा संलग्न निम्न अनुसारको व्यक्तिलाई मिति २०८२।०१।०२ गते जिल्ला काठमाण्डौ कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाईएको ।


पक्राउ व्यक्ति:-

     नामथर: राहुल बुढा

उमेर: २२ बर्ष

ठेगाना: जिल्ला कन्चनपुर कृष्णपुर न.पा. वडा नं. ०१ घर भई हाल काठमाण्डौ अनामनगर बस्ने ।

सम्बन्धित समाचार
" बिद्युतिय चुरोट (भेप) सहित मानिस पक्राउ "
२०८२-०३-२२

अवैध रूपमा बिद्युतिय चुरोट (भेप) राजस्व छली चोरी पैठारी गरी ल्याउने कार्यमा संलग्न रहेका निम्न वतन भएका विशाल तामाङलाई मिति २०८२।०३।२० गते यस कार्यालय तथा मातहत PRCB भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. १ लोकन्थली स्थित निजको कोठाबाट पक्राउ गरी भन्सार छली चोरी पैठारी गरी ल्याएको निम्न परिमाणमा रहेको बिद्युतिय चुरोट (भेप) लगायतका दसी/सामानहरू बरामद गरी निजलाई राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बरामद दसी सहित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा पठाइएको ।पक्राउ व्यक्तिको विवरण:- नामथर :  बिशाल तामाङउमेर    :  २८ बर्षठेगाना : जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ११ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. १ लोकन्थली बस्नेबरामद सामान:-बिद्युतिय चुरोट (भेप)  ४८३० थानवा ९ च ८७३४ नम्बरको मारुती सुजुकी भ्यान थान-१ । मोबाइल थान-१

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०३-२२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर     :- रोहन भन्ने फिन्चु लामाउमेर           :- ३२ वर्षस्थायी वतन :- जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ०६ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश             :- लिथुआनिया, रोमानिया लगायतका मुलुकहरु  विगो रकम    :- रु. १,८०,९३,०००।-(एक करोड असी लाख त्रियानब्बे हजार)पक्राउ मिति  :- २०८२/०३/२० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- ४५ जना (हाल सम्म सम्पर्कमा आएका)पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । {प्रतिवादी रोहन लामा भन्ने फिन्चु लामाले नयाँ बानेश्वर स्थितमा रहेको ENSURE DESTINY INTERNATIONAL नामक कन्सल्ट्यान्सी संचालन गरी पीडितहरुलाई लिथुआनिया, रोमानिया लगायतका देशहरुमा पठाउने भनि पीडितहरुबाट रकम उठाई ठगी गरेको ।}२. नाम थर      :- उत्तम खड्काउमेर           :- २९ वर्षस्थायी वतन :- जिल्ला संखुवासभा खादबारी न.पा. वडा नं. ०३ ।हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ । देश            :-  सर्बियाविगो रकम   :- रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०३/२२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८। पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

"भारतीय पर्यटकहरुलाइ लुटपाट गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-२२

घटना विवरण: काठमाण्डौ महानगरपालिका वडा नं. १६ ठमेल स्थितमा भारतीय पर्यटकहरुलाई दुई जना अपरिचित व्यक्तिहरुले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको Dhurba Tara Complex को छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न तपसिलमा उल्लेखित नाम ठेगाना भएका व्यक्तिहरुलाई मिति २०८२/०३/२० गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं १६ नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : पासाङ तामाङ  उमेर    : २२ बर्ष  ठेगाना : जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं. ११   हाल    : का.जि.का.म.न.पा. वडा नं. १६ सोह्रखुटे नयाँबजार२.   नामथर : निल कुमार तामाङ   उमेर     : २८ बर्ष   ठेगाना : जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं. १    हाल    : जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. १० श्रृजनाटोल३.  नामथर : किरण कुमार मोक्तान  उमेर    : २५ बर्ष  ठेगाना : जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं. ११   हाल    : का.जि.का.म.न.पा.वडा नं.१६ सोह्रखुटे नयाँबजार

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२२

 वादी नेपाल सरकार प्रतिवादी सुकबिर लुङवा तामाङ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१२।०३ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर,भद्रकाली, काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: सुकबिर लुङवा तामाङ   उमेर: ४१ बर्ष   ठेगाना: जिल्ला तेह्रथुम फेदाप गा.पा.वडा नं.१ लामथुम्बा घर भई हाल जि.काठमाण्डौ टोखा न.पा. वडा नं. ८ अर्याल बस्ती बस्ने   बिगो: रु. ५,००,०००/-(पाँच लाख रुपैंया)   पक्राउ मिति: २०८२।०३।२२ गते   पक्राउ स्थान:  जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं.८ अर्याल बस्तीअनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू: Ø प्रहरी वृत्त बौद्ब काठमाण्डौमा  मिति २०८१।०९।११ गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । 

"वैदेशिक रोजगारीको लागि लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-२०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लक्जेम्बर्ग लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- भुप नारायण चौधरीउमेर            :- ४० वर्षस्थायी वतन  :- जिल्ला नवलपरासी(पश्चिम) सरावल गा.पा.वडा नं.०२ ।हाल            :- जिल्ला ललितपुर कोन्ज्योसोम गा.पा. वडा नं.०४ ।देश             :- लक्जेम्बर्गविगो रकम    :- रु. १२,००,०००।– (बाह्र लाख)पक्राउ मिति   :- २०८२/०३/१९ गते ।पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०४ ।पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं  ।    पीडित संख्या :- २ जना ।

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२०

जमुना चाम्लिङ राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रलाद खड्का भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला सिन्धुली, दुधौली न.पा. वडा नं.०८ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.०७ चाबहिल बस्ने वर्ष ३० को प्रलाद खड्कालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते का.जि.का.म.न.पा.वडा नं.०७ चावहिल गंगाहिटीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।          साथै, पक्राउ प्रतिवादी प्रलाद खड्काको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत ४ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी : नाम :  प्रलाद खड्का उमेर : ३० वर्ष  ठेगाना : जि. सिन्धुली, दुधौली न.पा. वडा नं.०८ हाल : का.जि.का.म.न.पा.वडा नं.०७  कुल जम्मा बिगो रकम: रू. ४७,३६,७५०।– ( सरचालिस लाख छत्तिस हजार सात सय पचास मात्र)