“Khalti Apps को नक्कली कर्मचारी बनी अनलाईन ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ”
२०७८-१०-०२
- A
- A-
- A+
पिडितहरुलाई मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफू Khalti Apps को कर्मचारी हुँ भनी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको
मोबाईल नम्बरमा OTP Code आउछ, उक्त OTP Code अरु कसैलाई नदिई टिपाउनु भनी पिडितहरुलाई बिश्वासमा पारी OTP Code लिई पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक
खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम बिभिन्न ब्यक्तिहरुको
नागरीकताको फोटोकपी पेस गरी IME तथा City Express Money Transfer बाट रकम निकाली लिई अनलाईन ठगी
गर्ने कार्यमा संलग्न जिल्ला पर्सा छिपहरमाई
गा.पा. वडा नं. २ बस्ने बर्ष १८ को निरञ्जन कुमार गुप्ता, ऐ.ऐ. वतन भएका करण
यादवलाई जिल्ला
प्रहरी कार्यालय, पर्सा संग समन्वय गरी निजहरुलाई मिति २०७८।००९।३० गते पक्राउ गरी
ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।१०।०२ गते महानगरीय
प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
पक्राउ
ब्यक्तिहरुः-
१.नामथरः-
निरञ्जन कुमार गुप्ता
उमेरः १८ बर्ष
ठेगानाः जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २
२. नामथरः-
करण यादव
उमेरः १८ बर्ष
ठेगानाः जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २