“DEPENDENT भिषामा क्यानडा लैजाने भनि ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०१-२५
- A
- A-
- A+
जिल्ला दोलखा वैतेश्वर गा.पा. वडा नं.८ घर भई
हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ गठ्ठाघर बस्ने बर्ष २७ की सुजिता अधिकारी आफुले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त
गरेको र आफुसँगै जाहेरवालालाई समेत Dependent भिषामा लैजान सक्ने भनि प्रलोभन
देखाई झुक्यानमा पारी पीडित सँग रु.२०,००००० (
बिस लाख) रकम लिई सम्पर्क विहिन भई ठगी गरेकोले निज सुजिता अधिकारीलाई मिति २०८२।०१।२५ गते जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं.१२ टेकुमा फेला पारी अपराधिक लाभ (एक्टर्सन) सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक
कारवाहीकोलागि जिल्ला प्रहरी परिसर
भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : सुजिता
अधिकारी
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला दोलखा वैतेश्वर गा.पा. वडा नं.८ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.
वडा नं.३ गठ्ठाघर ।